अशान्त मधेस छोडेर चुनाबमा जान नहुने काँग्रेस नेताहरुको निष्कर्ष

बुधबार, ३१ जेठ २०७४, १८ : ४७ रितेश त्रिपाठी

वीरगन्ज—दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा मधेसमा राष्ट्रिय जनता पार्टीको नेतृत्वमा सुरु भएको आन्दोलनलाई शान्त गरेर मात्र अगाडि बढ्न निश्कर्षसहित काँग्रेसभित्र तराईका नेताहरु पुगेका छन्। मंगलवार काठमाडौंमा भेला भएका तराईका काँग्रेस जिल्ला सभापतिहरु, केन्द्रीय सदस्यहरु र ययहाँबाट प्रतिनिधीत्व गर्ने साँसदहरुले बैठक गरेका थिए।

मधेसलाई अशान्त छोडेर बलजफ्ती चुनावमा जानु उपयुक्त हुने छैन भन्ने हाम्रो साझा निश्कर्ष रह्यो।

बुधवार बिहान पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनीहरुले सामुहिक रुपमा आफ्ना कुरा राखेका छन्। आफूहरुले मधेसमा जारी आन्दोलनलाई शान्त गरी र राजपालाई पनि साथ लिएर चुनावमा जाने वातावरण बनाउने आग्रह गरेको काँग्रेस केन्द्रीय सदस्य अजय चौरसियाले बताए।

‘मधेसलाई अशान्त छोडेर बलजफ्ती चुनावमा जानु उपयुक्त हुने छैन भन्ने हाम्रो साझा निश्कर्ष रह्यो, आज (बुधवार) बिहान हामीले पार्टी सभापति ज्युलाई भेंटेर सामुहिक रुपमै कुराहरु राखेका छौं,’ केन्द्रीय सदस्य चौरसियाले भने, ‘पार्टी सभापति साकारात्मक हुनुहुन्छ, संबिधानले गरेकै ब्यवस्था प्रयोग गरेर स्थानीय तहको संख्या बढाउने र सरकारबाट गर्न सम्भव भएसम्मका माग सम्बोधन गरेर, राजपालाई सहमतिमा ल्याइ चुनावको लागि उपयुक्त बताबरण बनाउन सकिने देखिएको छ, यसमा निकै आशाजनक किसिमले उहाँ (देउवा)ले चासो लिनु भएको थियो।’

केही समयको लागि चुनाव सारेर सामाधान निस्कने उनले बताए।

आन्दोलनले गर्दा उम्मेदवारमा ढिलाई

आन्दोलनको बिषय लिएर पहल गर्न जिल्लाका पार्टी सभापति र नेताहरु काठमाडौं पुगेपछि मेयर, उपमेयर, गाउँपालिका प्रमुख गाउँपालिका उपप्रमुख र वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी टुँग्याउन ढिलाई भएको चौरसियाले बताए। उनका अनुसार पर्सामा वीरगन्ज माहानगरपालिका र पोखरिया नगरपालिकाको मेयरबाहेक उम्मेदवार चयन गर्न बाकी छ। वीरगन्जमा पर्सा जिल्ला काँग्रेस सभापति अजय कुमार द्विवेदी र पोखरियामा पूर्व सभासद रामेश्वर रौनियार मेयरमा निश्चित भइसकेको उनले सुनाए।

एमालले बुधवार साँझसम्म पर्साको हकमा उम्मेदवार चयन गरपसक्ने जिल्ला इन्चार्ज समेत रहेका साँसद रामचन्द्र साहले बताए। माओवादी केन्द्र छोडेर आएका वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीको नाम मेयरमा आउने लगभग तय भइसकेको उनले बताए। गत सबिधान सभामा माओबादीबाट पर्सा क्षेत्र  नं २ मा प्रत्यासी रहेका अन्सारीलाई टिकट दिने सर्तमा भित्रयाइएपछि एमालेभित्र असन्तुष्टी देखिएको छ। ‘मेयरमा लगभग पक्का भए पनि उपमेयर टुँगिन सकेको छैन्, अहिले प्रभा खड्का र बिना शर्मामध्ये एउटालाई उपमेयरको उम्मेदवार छान्नु पर्नेछ,’ साहले भने।

यता संघीय समाजवादी फोरम नेपालले पर्सामा ११ गाउँपालिका, एउटा नगरपालिका र एउटा माहानगरपालिकाको उम्मेदवारको नाम एकै पटक घोषणा गर्ने गरी पार्टीभित्र छलफल भइरहेको जिल्ला अध्यक्ष प्रदीप यादवले बताए। वीरगन्जको मेयरमा उद्योगी विजय सरावगीको नाम आइसकेको र बाँकी ठाउँका उम्मेदवार टुँग्याउने अन्तिम छलफलमा बुधवार आफुहरु लागेको उनले जानकारी गराए ।





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad