१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजपाको बन्दले जनजीवन प्रभावित

सर्लाही–स्थानीय तहको दोश्रो चरण निर्वाचन अगाडि संविधान संशोधन नभएको भन्दै राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले आव्हान गरेको बन्दले जनजीवन कष्टकर बनेको छ। राजपले बन्द आव्हान गरेको पहिलो दिन मंगलबार सर्लाही सदरमुकाम मलंग्वा सहित राजमार्ग भन्दा दक्षिण बजार, विद्यालय, अन्य कार्यालयहरु र सवारिसाधन पूर्णरुपले बन्द रहे।

जिल्लाका व्यपारीक केन्द्रहरु बरहथवा, इश्वरपुर, गौडैता, हरिपुर, सिसौट, सिसौटिया ठप्प भयो ।  बन्दको प्रभाव दक्षिण क्षेत्रमा देखिए पनि राजमार्ग क्षेत्रमा बन्दको खासै असर परेन । राजमार्गमा सार्वजनिक यतायातका साधन चल्न सकनेन । नीजि सवारी साधनहरु निर्वादरुपमा राजमार्गमा सञ्चालन भएको थियो । बन्दको पहिलो दिन सर्लाहीमा कुनै अप्रिय घटना नभएको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए।

 

 

 

प्रकाशित: ३० जेष्ठ २०७४ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App