१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजपा कार्यकर्ताद्वारा एमाले सांसद साहको गाडीमा तोडफोड

महोत्तरी- नेकपा एमालेका सांसद दीपनारायण साह चढेको गाडीमा राजपाका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी तोडफोड गरेका छन्। महोत्तरी निर्वाचन क्षेत्र नम्बर ५ का सांसद साह चढेको बा१२च ९६९ नम्बरको गाडीमा औरही गाउँपालिका १ मा जम्मा भएका राजपा नेताहरुले ढुंगा प्रहार गरी तोडफोड गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी शालिग्राम शर्माले बताएको छ।

बिहानैदेखि बर्दिबास-औरही-जलेश्वर सडक खण्डअन्तर्गत औरही बजारमा सडक बन्द गरी बसेका राजपाका कार्यकर्ताहरुले सांसद साह सवार गाडी आएलगतै तोडफोडमा उत्रिएका थिए। राजपा नेपालका नेताहरुले सांसद साह मधेसविरोधी पार्टीको सांसद भएको भन्दै तोडफोड गरेका थिए।

निर्वाचनको विरोध गर्दै राजपा नेपालले मंगलबारदेखि असार २ गतेसम्म तराईमधेस बन्दको घोषणा गरेको छ। ढुंगा प्रहारबाट गाडीको ड्राइभर बस्ने सिटतर्फको सिसा फुटेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शर्माले पुष्टि गरे। आफ्नो निर्वाचन क्षेत्र सम्सी हुँदै रामगोपालपुरबाट औरहीतिर आउँदै गरेको अवस्थामा घटना भएको उनले बताए। सांसद साह इलाका प्रहरी कार्यालय बर्दिबासमा सुरक्षित रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०७४ ०५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App