१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिन्दू कानुनअनुसार एक रातसँगै सुत्नु विवाह होइन: मुम्बई उच्च अदालत

मुम्बई—विवाह र शारीरिक सम्पर्कबारे मुम्बई उच्च अदालतले एउटा महत्वपूर्ण आदेश गरेको छ। हिन्दू कानुनको अधिनमा रही अदालतले सुनाएको फैसलाअनुसार महिला र पुरुष एकरात सँगै सुत्नु अथवा उनीहरुबीचको शारीरिक सम्पर्क भएकै भरमा त्यो विवाह ठहर हुने छैन। विवाह नगरी त्यस्तो सम्बन्धबाट जन्मिएका सन्तानले पिताको सम्पतिमा अधिकार राख्न नसक्ने अदालतको आदेश छ।

परम्परागत रुपमा समारोहबीच वैवाहिक कार्यक्रम गरेको अथवा कानुनी प्रक्रिया पूरा गरेको अवस्थामा मात्र विवाह सम्बन्धले मान्यता पाउने अदालतले जनाएको छ। ‘कुनै संयोग, दुर्घटना अथवा अन्य कुनै किसिमबाट भएका यौन सम्पर्क विवाह होइनन्’, मुम्बई उच्च अदालतकी न्यायाधीश मृदुला बख्तरले भनिन्।

अदालतले हिन्दू विवाह ऐनको दफा १६ लाई उल्लेख गर्दै विवाहको परिभाषा गरे पनि समाज परिवर्तन भइरहेको फैसलामा उल्लेख छ। ‘केही मुलुकहरुमा होमोसेक्सुवल सम्बन्ध विवाहको रुपमा स्वीकारिएका छन्, लिभ इन रिलेशनसीपबाट बच्चा जन्मिँदा सम्बन्धको परिभाषा गर्न अप्ठ्यारो हुँदै गएको छ’, उनले भनिन्।

एक जना दोस्रो विवाह गरेका पुरुषको मुद्दामा फैसला सुनाउँदै अदालतले उनको दोस्रो विवाहलाई रद्द गरिदिएको हो।

 

प्रकाशित: २८ जेष्ठ २०७४ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App