१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा गठबन्धन सरकार बन्ने

लण्डन – बेलायतको बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बेलायती प्रधानमन्त्री टेरेसा मेको पार्टीले बहुमत गुमाएपछि गठनबन्धन सरकार बन्ने भएको छ । प्रधानमन्त्री मेको पार्टीले बहुमतका लागि ८ सिट नपुर्याएपछि गठवन्धन सरकारको कसरत हुने भएको छ। 

प्रधानमन्त्री मे सरकार निर्माणमा लागि दलसँगको सहमतीलाई विशेष महत्व दिने बताएकी छिन्।

बहुमतीय सरकार गठनका लागि ३२६ सिट आवश्यक पर्ने प्रधानमन्त्री मेको कन्जरभेटिभ पाटीले ३ सय १८ सिट मात्र प्राप्त गरेको थियो । उनको पार्टीले अघिल्लो निर्वाचनमा प्राप्त गरेको मध्ये १० सिट गुमाएको छ। कन्जरभेटिभ पार्टीको निकटतम प्रतिद्वन्द्वी पार्टीले भने २ सय ६२ सिट प्राप्त गरेको थियो । जुन अघिल्लो निर्वाचन उसले पाएको भन्दा ३२ सिट बढी हो। 
प्रधानमन्त्री मेले गृह मन्त्रालय अन्तर्गत प्रहरीको संख्यामा कटौती गरिएको भन्दै प्रतिपक्ष लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री मेको राजीनामा माग गरेका छन्।

बेलायतमा जुन ३  र मे २२ मा छोटो समयमको अन्तरालमा नै दुई वटा आतंकवादी आक्रमणहरु भएका थिए ।जुन ३ मा लन्डन ब्रिज नजिकै भएको कार बम विस्फोटनमा परी सात जनाको मृत्यु भएको थियो भने ४८ को संख्यामा घाइते भएका थिए।

मे २२ मा लन्डनको म्यान्चेस्टर शहरको एक सांगीतिक कार्यक्रममा बम विस्फोटन हुदाँ २२ जनाको मृत्यु भएको थियो भने ५९ जना घाइते भएका थिए ।

आतंकवादी कार्यहरू बढ्दै गएकोले भन्दै प्रधानमन्त्री मेको कन्जरभेटिभ पाटीको लोकप्रियता  घटेको छ भने लेभर पाटी पछिल्लो समय केही शक्तिशाली देखिएको छ।

 

प्रकाशित: २७ जेष्ठ २०७४ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App