१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दार्जीलिङका नेपाली भाषी आन्दोलनमा, सडकमा सेना उतारियो

काठमाडौं-  पश्चिम बंगाल सरकारले विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने निर्णय गरेपछि त्यसको विरोधमा दार्जिलिङका नेपाली भाषीहरु आन्दोलित भएका छन्। दाजिर्लिङका विभिन्न स्थानबाट सुरु भएका जुलुशहरु  राज भवन नजिकै गएर टुङिएका थिए। मोर्चाले सरकारको उक्त कदमको विरोधमा बन्दको समेत आयोजना गर्दै विरोधमा उत्रिएको थियो।

केही दिन अगाडि पश्चिम बंगाल सरकारद्वारा बंगाली भाषालाई अनिवार्य गरेपछि दाजिर्लिङमा रहेका नेपाली भाषीले उक्त निर्णयको विरोध गर्दै आएका छन्।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दार्जिलिङमै क्याविनेट बैठक बोलाएकी थिइन्। आन्दोलनकारीहरु बैठक बसिरहेकै स्थान राज भवन पुगेर विरोध जनाएका थिए। ४५ बर्ष पछि दार्जिलिङमा क्याविनेट बैठक बसेको हो।

विद्यालयमा बंगाली भाषा अनिवार्य गरिनु गतल भएको र सरकारले त्यसलाई तुरुन्त फिर्ता लिनुपर्ने  गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले बताए।

आक्रोशित आन्दोलनकारीहरुले  सुरक्षाकर्मीका केही भ्यान जलाएका छन्। केही दिन अगाडि पश्चिम बंगाल सरकारद्वारा बंगाली भाषालाई अनिवार्य गरेपछि दाजिर्लिङमा रहेका नेपाली भाषीले उक्त निर्णयको विरोध गर्दै आएका छन्।  प्रहरी दमनमा उत्रिन थालेपछि आन्दोलनमा रहेका जनताले प्रहरीको भेनमा आक्रमण गरेको गोर्खा जनमुक्ति मोर्चाका नेता बिमल गुरुङले बताए। प्रहरीका भ्यान जलाइएपछि स्थितिलाई नियन्त्रणमा लिन सडकमा सैनिक ओरालीएको जनाइएको छ।

स्थितिलाई मध्यनजर गर्दै प्रहरीले पर्यटन आगमन हुने स्थानमा तत्कालको लागि घूमफिरलाई समेत बन्द गराएको छ भने बजार समेत बन्द छ।

गोर्खा जनमुक्ति मोर्चाले सरकारले आफ्नो घोषणा परिवर्तन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएको छ। 

 

प्रकाशित: २६ जेष्ठ २०७४ ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App