मःमः प्रतिबन्ध गर्न भारतमा अभियान

बिहिबार, २५ जेठ २०७४, १२ : २२ एजेन्सी

नयाँ दिल्ली— सडकदेखि तारे होटलसम्म पाइने  मःमः मन नपाउने मान्छे दक्षिण एशियामा कमै होलान्। काठमाडौं र नेपालमा त मःमःका पारखीहरु अझ धेरै नै छन्। तर धेरैको प्रिय बनेको मःमःलाई प्रतिबन्ध गर्न भारतमा अभियान सुरु भएको छ। सत्तारुढ भारतीय जनता पार्टीका एक नेताको नेतृत्वमा मःमः प्रतिबन्धको अभियान जम्मु कस्मिरबाट थालिएको छ।

 भारतमा मःमः नेपाली खानाको रुपमा परिचित छ। अरोराको अभियानपछि जम्मुमा मःमःको बिक्री ३५ प्रतिशतले घटेको भन्दै उनले सन्तुष्टि जनाएका छन्।

लोकप्रिय परिकार मःमःमा अजिनोमोटो राखिएको भन्दै भारतीय जनता पार्टीका सांसद रमेश अरोराले प्रतिबन्धको अभियान थालेका हुन्। ‘अजिनोमोटोका कारण मःमः आन्द्राको क्यान्सर र विभिन्न घातक रोगको मूल कारणको रुपमा देखिएको छ,’ अरोराले भने। पाँच महिनादेखि आफ्नो राज्य कश्मिरमा मात्रै भए पनि मःमः प्रतिबन्ध लगाउन अराेराको प्रयास जारी छ।

‘अजिनोमोटोले क्यान्सरलगायत विभिन्न घातक रोग निम्त्याउँछ। यसले साधारण टाउको दुखाइलाई माइग्रेनमा परिणत गरिदिन्छ,’ उनले भने। मःमः खाँदा स्मरणशक्तिमा ह्रास आउने, दुई वर्षसम्म लगातार खाँदा पेटको क्यान्सर हुने एवं अजिनोमोटो लागूऔषधभन्दा खतरनाक भएको उनले दाबी गरे।

अरोराले हालै स्वास्थ्यमन्त्री बाली भगतलाई भेट गरेर मःमः र चिनियाँ परिकारमाथि प्रतिबन्ध लगाउनुपर्ने उल्लेख गरेका छन्।

भारतमा अजिनोमोटो प्रतिबन्ध छ। प्रधानमन्त्री कार्यालयका कनिष्ठमन्त्री जितेन्द्र सिंह नेतृत्वको टोलीले गरेको अनुसन्धानले भारतमा मःमः लोकप्रिय भएको देखाएको थियो। भारतमा मःमः नेपाली खानाको रुपमा परिचित छ। अरोराको अभियानपछि जम्मुमा मःमःको बिक्री ३५ प्रतिशतले घटेको भन्दै उनले सन्तुष्टि जनाएका छन्।

उत्तरपूर्वी भारतका प्रान्तहरु एवं राजधानी नयाँ दिल्लीमा मःमः धेरैको प्रिय परिकार हो। 








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad