१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा भएको झडपमा एक सैनिकसहित पाँचको मृत्यु

नयाँ दिल्ली –  उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ। 

सो भिडन्तमा परी मारिनेमा तीन जना सशस्त्र हतियारधारी र अर्का एकजना सर्वसाधारण नागरिक परेका छन्। 

भारतीय सुरक्षा निकायले मारिने हतियारधारी आतङ्ककारी भएको जनाएको छ । तर ती आतङ्ककारीहरु कुन समूह वा केसँग सम्बन्धित छन् भन्ने बारेमा भने केही खुलाएको छैन । 
सुरक्षा गस्तीमा रहेका सैनिकसँग ती हतियारधारी समूहको भिडन्त भएको बताइएको छ । त्यसमा अरु पनि कैयौँ व्यक्ति रहेका र कतिपय भागेको बताइएको छ। 

यस समाचारको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको र उनीहरुले अनुसन्धान जारी राखेका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । 

प्रकाशित: २४ जेष्ठ २०७४ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App