१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संघीय समाजवादी र नयाँ शक्तिबाट ३ नगरपालिकामा उम्मेदवार तय

उदयपुर- आउँदो जेठ १४ गते हुन गईरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी र नयाँ शक्तिको गठबन्धनले जिल्लाका ४ मध्ये ३ वटा नगरपालिकामा उम्मेदवार तय गरेको छ। संघीय समाजबादी फोरम र नयाँ शक्ति नेपाल पार्टीको गठनबन्धनबाट सदरमुकाम त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा मेयर, उपमेयर र वडाध्यक्षको उम्मेद्वार तय गरेको हो।

गठबन्धनले त्रियुगा नगपालिकामा नयाँ शक्तिका भैरव श्रेष्ठ मेयरको उम्मेद्वार बनाएको छ । उपमेयरमा संघीय समाजबादी फोरमका सम्झना राईलाई उठाउने तय भएको जनाएको छ । त्यसैगरी चौदण्डीगढी नगरपालिकामा संघीय समाजबादीका कुमारचन्द्र राई मेयरमा उठ्ने भएका छन् भने उपमेयरमा नयाँ शक्तिको तर्फबाट उठ्ने तय भए पनि नाम टुंगो लागिसकेको छैन। बेलका नगरपालिकामा संघीयकै टीकाराम थामी र नयाँ शक्तिका उषा चौधरी क्रमशः मेयर र उपमेयरमा उठ्ने तय भएको संसफो उदयपुरका सचिव प्रदिप चौधरीले बताए।

यो गठबन्धनले गाउँपालिका र वडामा पनि उम्मेद्वार उठाउने तयारी गरिरहेको छ । सुनकोसी गाउँपालिका अध्यक्षमा नयाँ शक्तिका लोकेन्द्र केसी गठबन्धनबाट उठ्ने तय भईसकेको नयाँ शक्तिका जिल्ला परिषद सदस्य मनराज राईले बताए । ‘सकेसम्म गाउँपालिका र वडातहसम्मै हाम्रा उम्मेद्वार उठाउने प्रयास भईरहेको छ’ उनले भने  ‘पहिलो चरणमा ३ नगरपालिकामा उम्मेद्वार तय गरेका छौं, १ नगर र गाउँपालिका तथा वडाहरुमा ककसलाई उठाउने भन्ने विषयमा छलफल भईरहेको छ।’

प्रकाशित: २३ जेष्ठ २०७४ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App