पंण्डितको ८४ वर्षमा विवाह

शुक्रबार, १९ जेठ २०७४, १६ : २३ मुक्तिप्रसाद न्यौपाने

पाल्पा– वृद्धावस्था साधारणतया अशक्त, अस्वस्थ्य तथा परिवारवाट अपहेलित हुन्छ । तर जिल्लाका एक ८४ वर्षे वृद्धले भने ६९ वर्षीय महिलासँग विवाह गरेका छन् । 
वगनाशकाली गाउँपालिका–२, पोखराथोकका पंण्डित मित्रलाल भट्टराईले सोही स्थानकी लीलाकुमारी ज्ञवालीसँग विवाह गरेका हुन् । उनीहरुको विवाहले औपचारिकता पनि पाएको छ । केही समय अघिमात्र श्रीमतीलाई आफ्नो नामबाट नागरिकता प्रदान गरेपछि उनीहरुको विवाहले औपचारिकता पाएको मित्रलाल भट्टराई बताउँछन् । जिल्ला प्रशासन कार्यालयबाट उनीहरुले वैशाख २१ गते नागरिकता प्राप्त गरेका हुन् । 
वृद्ध अवस्थामा विवाह गर्ने रहरभन्दा पनि बाध्यता भएको भट्टराईले बताए । उनी भन्छन्, ‘चार वर्ष अगाडि घरकी श्रीमती गाडी दुर्घटना परी मृत्यु भयो । म एक्लै घरमा रुल्लटुल्ल बसिरहन्थे । घर नजिकै छिमेकी लीलाकुमारी ज्ञवालीका श्रीमानले अर्को विवाह गरेर उनलाई वास्ता गर्न छाडेको मलाई थाहा थियो । हामीबीचमा सामिप्यता बढ्दै गयो । एक्लै जीवनयापन गर्नुभन्दा दुवै सँगै मिलेर बुढेसकालको गुजारा गर्ने निर्णय ग¥र्यौं । 
मैलै चौरासी प”जा पनि गरिसकेँ, पाँच भाइ छोरा छन् । तीन छोरा सरकारी जागिरे । के गर्ने बाबु सबैले आ–आफ्नै सुरु गरे । म बुढो मान्छे, खासै केही गर्न नसक्ने । नाती नातिनी पनि १५ जना र पनातिनी एक जना भैसके । गाउँका प”जाआजा गरेर घरमै बसिरहन्थे । लिलाकुमारीको पनि अवस्था उस्तै थियो । उनका पनि तीन भाइ छोरा र दुई बैनी छोरी । श्रीमानले वास्ता नगरेर बुटवलमा नयाँ श्रीमतीसँग घरजम गरी बसेको । गाउँमा तलमाथि घर । हामी निरन्तर सुख दुःखमा नजिकिन थाल्यौ । पछि दुवै जनाको सरसल्लाहमा नजिकैको मन्दिरमा गएर विवाह गरेका हौं, पंण्डित भट्टराईले भने । 
आफ्ना मान्छे जसलाई जिन्दगीभरिको कमाई अनि मेहनतले भरण पोषण गरेर सक्षम बनाए पनि तिनीहरुको लागि हामी मन परेनौं । अहिले हाम्रो सामाजिक जीवन अरुको जीवन पद्धति कुनै युवाभन्दा कम छैन । तर विडम्बना नेपालमा ६० वर्ष पुगेपछि त्यसलाई वृद्ध भन्ने गरिँदो रहेछ । जीवनको ज्ञान र अनुभव सँगाल्दै गुजारा चलाउँदै आएका छौं, वृद्ध दम्पत्तिहरुले भने । 
बुढ्यौलीको ठ”लो रोग भनेको एक्लोपना पनि हो । हामी त्यसलाई चिर्न सँगै जीवनयापन गर्ने निर्णय गर्यौ । बृद्ध बृद्धामा जोश जाँगर र उमगं घट्नुको सट्टा बढ्दैछ । स्वस्थ रहन दैनिक क्रियाकलाप गर्ने घरमा भैंसी पाल्ने गरेका छौं, उनीहरुले नागरिकन्य’जसँग भने । मन्दिर, तीर्थ, व्रत पाठ, प”जा, पुराण आदिमा सकृृय छु, भट्टराईले भने । 
प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले वृद्ध दम्पत्तिलाई बधाई दिँदै पति कायम भएको नागरिकता दिन पाउँदा खुसी लागेको फेसबुकमार्फत् व्यक्त गरेका छन् । उनले नागरिकन्य’जसँग भने, ‘महिलालाई सम्पत्तिको अधिकार लिएर नयाँ जीवनसँगीसाथ लाग्नुस् भनेको हाम्रो खुसी यत्तिकैमा छ भनेर नागरिकता लैजानुभयो ।’ उनले जिल्लामा पहिलो पटक वृद्ध दम्पत्तिलाई नागरिकता प्रदान गरेको बताए । 
मित्रलाल भट्टराईको जन्म १९८९ र लीलाकुमारीको जन्म २००५ सालमा भएको हो । उनीहरु पोखराथोकका झण्डै दुई सय मिटरको दूरीका छिमेकी हुन् । बुढेसकालमा नयाँ जीवनको अनुभूति गरेको र सुखका साथ जिन्दगी गुजार्दै आएको उनीहरुले बताए । 








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad