१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युनाइटेड सबैभन्दा मूल्यवान्

लन्डन – म्यानचेस्टर युनाइटेड युरोपकै सबैभन्दा मूल्यवान् क्लब भएको एक प्रतिवेदनले उल्लेख गरेको छ । 

केपिएमजी नामक एक व्यावसायिक संस्थाले सामाजिक सञ्जालमा क्लबको लोकप्रियता, सन् २०१४–१५ र २०१५–१६ को आम्दनी तथा युरोपियन प्रतियोगितामा पाएको सफलताका आधारमा विभिन्न ३९ वटा क्लबमाथि अध्ययन गरेको थियो ।

सन् २०१४ र २०१६ को बीचमा लगातार दुई पटक निराशाजनक प्रदर्शन गरे पनि गत वर्ष युनाइटेडको क्लब मूल्य रियाल मड्रिड र बार्सिलोनाभन्दा ह्वात्तै बढेको थियो । क्लब मूल्यमा युनाइटेड ३ अर्ब युरो कटाउने पहिलो क्लब बनेको थियो । 

जर्मन क्लब बायर्न म्युनिख चौथो स्थानमा छ । दुवै क्लबको मूल्य १ अर्ब ७० करोड युरोभन्दा केही तल भए पनि आर्सनललाई पछि पार्दै म्यानचेस्टर सिटी पाँचांै स्थानमा उक्लिएको छ ।

यस सिजनको प्रिमियर लिग विजेता चेल्सी, लिभरपुुल, युभेन्ट्स र टोटेनह्याम क्रमशः त्यसपछिका ४ स्थानमा छन् । मूल्यवान् क्लबको सुचीको शीर्ष १० मा रहेका क्लबमा प्रिमियर लिगका ६ टोली छन् ।

‘युरोपको शीर्ष फुटबल क्लबको समग्र मूल्यले फुटबल खेल एक उद्योगका रूपमा विकास भएको देखाउँछ,’ केपिएमजीका खेलकुद प्रमुख आन्द्रिया सार्टोरीले भने, ‘सञ्चारमाध्यममा अन्य लिगहरूले चुनौती दिँदै विश्वजगत्को ध्यान खिच्न खोजे पनि युरोपियन लिगहरू बढी लोकप्रिय छन् । त्यसमा पनि इङ्लिस प्रिमियर लिग सबभन्दा माथि छ । ’

प्रकाशित: १९ जेष्ठ २०७४ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App