१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लुकाकुलाई क्लब बाधक नबन्ने

लन्डन – सरुवा बजारमा कुनै क्लबले रोमेलु लुकाकुलाई अनुबन्धन गर्न चाहे अवरोध सिर्जना नगर्न उनको वर्तमान क्लब एभर्टन सहमत भएको बेल्जियन स्ट्राइकरका एजेन्टले दाबी गरेका छन् । 

एभर्टनले राखेको नयाँ सम्झौताको प्रस्ताव लुकाकुले अस्वीकार गरेका थिए । जसले उनलाई प्रिमियर लिग इतिहासकै सबैभन्दा बढी पाशिश्रमिक पाउने खेलाडी बनाउन सक्थ्यो ।

२४ वर्षे स्ट्राइकरको एभर्टनसँग सम्झौता अझै दुई वर्ष बाँकी छ । तर च्याम्पियन्स लिग खेल्ने इच्छा देखाउँदै आएका उनले त्यही कारण सरुवा चाहेको बताइएको छ । लुकाकुको च्याम्पियन्स लिग खेल्ने इच्छा एभर्टनबाट अहिलेसम्म पूरा हुन सकेको छैन । 

लुकाकुलाई भित्र्याउन उनको पूर्वक्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले इच्छा देखाइरहेको बेला उनका एजेन्ट मिनो राइओलाले कुनै पनि क्लबबाट राम्रो प्रस्ताव आए एभर्टन त्यसको विरुद्ध नजाने बताए । 

‘लुकाकुले राम्रो प्रस्ताव आए क्लब छाड्नेछन्,’ राइओलाले भने, ‘यसबारे हामी अहिले कोहीसँग छलफलमा छैनाैं । तर बजारमा सुनेअनुसार कुनै क्लबले एभर्टनसमक्ष प्रस्ताव राख्नेछन् । एभर्टनलाई सम्झौता रकम राम्रो लागे त्यो प्रस्ताव लुकाकुलाई पनि राम्रो लाग्नेछ । त्यसपछि उनले अन्त कहीँ कदम चाल्नेछन् । तर हामी अहिले त्यहाँ पुगिसकेका छैनाैं ।’

प्रकाशित: १९ जेष्ठ २०७४ ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App