१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फुटबल फ्यानले मैदानमा आगो फ्याँके

पेरिस— यो पटकको युरोकपमा फुटबल समर्थकहरुको हुलदङ्गा र कुटाकुटले दैनिकजसो स्थान लिइरहेको छ। फ्रान्समा जारी युरो कप २०१६ इङ्ल्याण्ड र रसियाबिचको खेलका समर्थकहरुको उच्छृङ्खल कार्य गरेको भन्दै युएफएले रसियाली समर्थकलाई फ्रान्स प्रवेशमा रोक लगाएर प्रतियोगिताबाट निस्कासन गर्ने चेतावनी दिइरहेका बेला क्रोएशियाका समर्थकले त्यस्तै हर्कत दोहोर्‍याएका छन्।

गए राति सेन्ट इटिनीमा सम्पन्न खेलमा चेक गणतन्त्र र क्रोएसिया एक आपसमा प्रतिस्पर्धामा थिए। खेलमा अधिकाशं समय हाबी भएको क्रोएसियाले ३८ औं मिनेटमा इभान पेरिसिक  र राकिटिले ५९ औं मिनेटमा एक एक गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। खेलको अन्तिम १४ मिनेट सम्हालिन नसक्दा  क्रोएसिया चेक गणतन्त्रसँग अकं बाढ्न बाध्य हुन पुग्यो।

खेलको ७४ औ मिनेटमा गोल गर्दै स्कोडाले गोल अन्तर २–१ झारेका थिए । ८६ औं मिनेटमा क्रोएसियाली समर्थकहरुले खेल मैदानमा फ्लेयर्स फ्याँक्न थालेपछि रेफ्रीले खेल रोक्ने निर्णय गर्नु परेको थियो। करिब ३ मिनेट खेल अवरुद्ध हुनपुग्यो। त्यसपछि सुरु भएको दंगामा दुई देशबीचका समर्थकहरु एक आपसमा भिडेका थिए। क्रिएशियाका समर्थकले प्रहार गरेको आगो फ्लेयर्स अफिसियललाई लक्ष्यित गरी प्रहार गरिएका थिए। मैदानमा आगोको  इङ्लीस रेफ्री मार्क क्लानटकर्गले खेल स्थिगत गर्दै खेलाडीहरुलाई मैदान बाहिर नकालेका थिए।

करिब तीन मिनट खेल रोकिएको थियो। राष्ट्रको प्रतिनिधित्व गर्दै मैदानमा रहेका खेलाडीहरुले समर्थकलाई हर्कत रोकेर शान्त हुन बारम्बार आग्रह गरेका थिए।

समर्थकको हुलदंगा केही साम्य भएपछि सुरु भएको खेलको अतिरिक्त समयमा चेक खेलाडीले प्रहार गरेको फ्रिकि क्रोएशियाली खेलाडी भिडाको हातमा लाग्न पुगेको थियो। त्यसपछि रेफ्रीले चेकलाई पेनाल्टी दिएका थिए। खेलको अन्तिम समयमा पाएको मौकामा चेक खेलाडी निसिडले गोल गर्दै टोलीलाई २–२ को बराबरीमा ल्याएका थिए।

क्रोएसियाली प्रशिक्षक एन्टि क्यारिकले खेलका क्रममा मैदानमा आगो फ्याँक्नेहरु फुटबलप्रेमी नभई ‘खेल आतकंकारी’ भएको टिप्पणी गरेका छन्। टर्कीविरुद्धको खेलमा पनि क्रोएसियाली समर्थकले मैदानमा प्रवेश गरी फ्लेयर्स प्रहार गरेका थिए। युइएफएले क्रोएसियालाई त्यतिबेलै चेतावनी दिइसकेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App