१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्तर उकास्ने जिम्मेवारी मालिंगालाई

 कोलम्बो – श्रीलंकाले च्याम्पियन्स ट्रफीमा बलियो चुनौती पेस गर्न र एकदिवसीय क्रिकेटमा गिरेको स्तर उकास्न तीव्र गतिका बलर लासिथ मालिंगालाई टोलीमा समावेश गरेको जनाएको छ ।

विश्वकै उत्कृष्ट तीव्र गतिका बलरमध्येका एक मालिंगा चोटका कारण मैदानबाहिर रहेसँगै श्रीलंंकाको प्रदर्शन ओरालो लागेको थियो ।

श्रीलंकाले गत वर्ष जिम्बावे र वेस्ट इन्डिजविरुद्धको एक शृंखला जितेको थियो, तर उनीहरूले सन् २०१६–१७ को सिजनमा इङ्ल्यान्ड र दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृंखला गुमाएका थिए ।

श्रीलंकाका छनोटकर्ताहरूले जुन १ बाट सुरु हुने ५० ओभरको प्रतियोगिताका लागि मालिंगालाई टोलीमा फिर्ता बोलाउनुका साथै टोली नेतृत्वको जिम्मेवारी पुनः अलराउन्डर एन्जेलो म्याथ्युजलाई दिएका छन् ।

पछिल्लो १८ महिनामा विरलै अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाएका ३३ वर्षे मालिंगाको छनोटलाई आश्चर्यका रूपमा लिइएको छ ।

‘उनी पूर्ण रूपमा स्वस्थ हुँदै छन् र हामीलाई आशा छ उनले खेलमा पूरै १० ओभर बलिङ गर्नेछन्,’ श्रीलंकाली क्रिकेट प्रमुख थिलंगा सुमाथिपालाले भने ।

श्रीलंका समूह ‘बी’ मा भारत, पाकिस्तान र दक्षिण अफ्रिकासँगै रहेको छ । प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाले जुन ३ मा ओभलमा दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ ।

प्रकाशित: १७ जेष्ठ २०७४ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App