१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अवरुद्ध मुग्लिन सडक सञ्चालनमा

रत्ननगर (चितवन)—चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चण्डिभञ्याङ गाविस–६ कालीखोलामा शुक्रबार साँझ पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

चिवतनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्त कुँवरले पहिरो पन्छाएपछि रातिदेखि सवारी आवागमन सञ्चालनमा आएको जानकारी दिए। उहाँका अनुसार रोकिएका सवारी गन्तव्यतर्फ गएको छ । साँझ सोही खण्डको चार किलो भन्ने स्थानमा समेत पहिरो खसेको थियो ।

दुवै क्षेत्रको पहिरो हटाइएको प्रहरीले जनाएको छ । उक्त सडकमा पछिल्लो समयमा दैनिकजसो पहिरो खसेर अवरुद्ध हुँदै आएको छ ।

सोही क्षेत्रमा राति गाडीसमेत बिग्रिएर सवारी आवतजावत प्रभावित भए पनि अहिले भने पूर्ण रुपमा सञ्चालनमा रहेको छ । रासस

प्रकाशित: ४ असार २०७३ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App