२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कागेश्वरी मनहरा नगरपालिकामा एमालेका थापा विजयी

काठमाडौं-  कागेश्वरी मनहरा नगरपालिकामा एमालेका कृष्णहरि थापा विजयी भएका छन्। उनले ८९६९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले ८४८७ मत प्राप्त गरे।

यस्तै उप प्रमुखमा पनि  एमालेकै विन्दू सिम्खडा विजयी भएकी छन्। उनले ९१८२ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी अनिता अधिकारीले ८२९६ मत प्राप्त गरिन्।

नगरपालिकामा ६ वटा वडामा एमाले र ३ वटामा कांग्रेस विजयी भएको छ।

राजधानीमा १ महानगर सहित १० नगरपालिका रहेका छन्। अहिले सम्म ९ नगरपालिकाको नतिजा सार्वजनिक भएको छ। जसमा ५ मा एमाले र ४ मा नेपाली काग्रेस विजयी भएका छन्। वुढानिलकण्ठ नगरपालिकाको नतिजा आउन बाँकी छ।

प्रकाशित: ८ जेष्ठ २०७४ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App