१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकको इन्द्रावतीमा काँग्रेसका वंशलाल विजयी

सिन्धुपाल्चोक –  सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकामा काँग्रेस उम्मेद्वार वंशलाल तामाङ निर्वाचित भएका छन् । एमाले जिल्ला अध्यक्ष समेत रहेका एमालेका उम्मेद्वार झम्क नेपाललाई  २०० मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । तामाङले ५३६५ र नेपालले ५१६५ मत प्राप्त गरे । 

त्यस्तै उपाध्यक्षमा काँग्रेसकै मिरा अधिकारी निर्वाचित भइन् । ५१३१ मत प्राप्त गरेकी उनी ५०८९ मत ल्याएकी एमालेकी सरस्वती अधिकारीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

१२ वडा रहेको इन्द्रवती मा काँग्रेसले ७ वटा, एमालेले ३ वटा र माओवादीले २ वटा वडामा विजय हासिल गरे ।

यो सँगै सिन्धुपाल्चोकका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ  । १२  स्थानीय तह भएको सिन्धुपाल्चोकमा एमालले सबैभन्दा बढी ७ , काँग्रेसले ३ र माओवादी केन्द्रले २ तह जितेका छन् । 

प्रकाशित: ८ जेष्ठ २०७४ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App