कालिका गाउँपालिकामा एमालेका खडानन्द चौलागाई विजयी

आइतबार, ०७ जेठ २०७४, १६ : ०९ पवित्रकुमार शाही

कालिकोट- कालिका गाउँपालिकामा नेकपा एमालेका खडानन्द चौलागाई २२७४ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका गोविन्द आचार्यले १५१२ मत प्राप्त गरी पराजय भएका छन् । उपप्रमुखमा पनि एमालेकै पम्फादेवि शाही १९८३ मत प्राप्त गरी विजयी भएकी छन्। माओवादी केन्द्र र नेमकिपाका सयुक्त उम्मेदवार दिपेन्द्र शाहीले १४०३ मत प्राप्त गरी पराजय भएका छन्। बैशाख ३१ गते कालिका गाउँपालिका — २ भर्तामा मतपत्र हराएपछि विवाद हुँदा मतदान स्थगीत भएको थियो । स्थगित भएको वडामा पुनःशनिवार मतदानभई मत गणना भएको छ । शनिवार रातिदेखी मत गणना सुरु गरी आईतवार दिउँसो ३ बजे गणना सम्पन्न भएको निर्वाचन अधिकृतले बताए । कालिका गाउँपालिकाको वडा नम्वर १ मा वडा अध्यक्ष कांग्रेस विजयी भएको छ । त्यस्तै २ मा माओवादी, ३ मा एमाले, ४ मा एमाले , ५ मा एमाले र ६ मा पनि एमाले विजयी भएको छ । त्यस्तै वडा नम्वर ७ मा कांग्रेस र ८ वडामा अध्यक्ष माओवादी केन्द्र विजयी भएको  छ ।

                  माल्कोटमा मतदान

कालिकोटको नरहरिनाथ गाउँपालिका — ६ नन्दादेवी सेरापाटामा आइतबार मतदान भएको छ । वैशाख ३१ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अवरोध गरेपछि प्रहरीले गोली चलाउँदा राप्रपाका वडाअध्यक्ष धनरुप बटालाको मृत्यु भएपछि चुनाव स्थागित भएको थियो । उक्त केन्द्रमा आइतबार बिहानदेखि उत्साहपूर्वक मतदान भइरहेको प्रहरीले जानकारी दिएको छ । ८ सय ७९ मतदाता रहेको उक्त केन्द्रमा दिउँसो साढे १२ बजेसम्म ५ सय भन्दा धेरै मत खसेको छ ।

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

Ncell Footer Ad