१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्याङजाका कुन नगरपालिकामा को अगाडि?

स्याङजा— स्याङ्जामा एघार वटै स्थानीय तहको मतगणना सुरु भैरहेको छ । मंगलबार बिहान ८ः ३० बजेसम्मको मतपरिणाम यस प्रकार छ।

स्याङ्जाको पुतलिबजारमा अहिलेसम्मको मतपरिणाम अनुसार मेयरमा नेपाली कांग्रेसले १ हजार १ सय ७६ र उपमेयरमा १ हजार १ सय ६९ मत प्राप्त गरेको छ। यस्तै नेकपा एमालेले मेयरमा १ हजार ३ सय ३२ र उपमेयरमा १ हजार ३ सय ९४ मत प्राप्त गरेको छ । पुतलिबजारको वडा नं. १ मा नेकपा एमालेका निर्मल शेरचनले ६ सय २८ मत ल्याएर विजयी भएका छन्।

उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ५ सय ९६ मत प्राप्त गरेका छन्। यस्तै वडा नं. २ मा ६ सय ४५ मत ल्याएर नेकपा एमालेका तिलकराम श्रेष्ठ विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसको मत ४ सय ५५ रहेको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले नागरिकलाई बताए।

जिल्लाको वालिङ्ग नगरपालिकामा मेयरमा नेपाली कांग्रेसले २ हजार ५ सय ६७ मत ल्याएको छ भने नेकपा एमालेको २ हजार १ सय ५३ मत गणना भएको छ । यस्तै उपमेयरमा नेपाली कांग्रेसले २ हजार ४ सय ७६ र एमालेको २ हजार १ सय ९९ मत प्राप्त भएको छ । वालिङ्ग नगरपालीका वडा नं. २ मा नेपाली कांग्रसका पोतप्रसाद लम्साल र वडा नं. ४ मा नेकपा एमालेका रनध्वज गुरुङ विजयी भएका छन्।

स्याङ्जाकै भीरकोट नगरपालीकाको मेयरमा नेपाली कांग्रेसले ५ सय ८२ ल्याउँदा नेकपा एमालेले २ सय ८२ मत प्राप्त गरेको छ । भीरकोटको वडा नं. १ मा नेपाली कांग्रेसका दिपेन्द्र केसी  विजयी भएका छन् । गल्याङ्ग नगरपालिकामा नेपाली कांग्रेसको १ सय ९९ र नेकपा एमालेको ९४ मत मेयरमा गणना भएको छ । गल्याङ्ग वडा नं. ३ मा नेपाली कांग्रेसका महेश भट्टराई विजयी भएका छन्।

चापाकोट नगरपालीकाको मेयरमा नेपाली कांग्रेसको उम्मेदवारले ९ सय ७२ मत प्राप्त गरेको छ भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ७ सय ७० मत प्राप्त गरेका छन् । फेदीखोला गाउँपालिकामा नेकपा एमालेले ७ सय ८४ अध्यक्षमा र उपाध्यक्षमा ५ सय ७७ मत ल्याएर विजयी भएको छ। फेदीखोलमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसले अध्यक्षमा ४ सय ८९ र उपाध्यक्षमा ५ सय १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले बताए। उनी भन्छन्, ‘जिल्लाका सबै स्थानीय तहको मतगणना भैरहेको छ । मतपरिमाण घोषणा गर्न समय लाग्छ ।’

पाँच नगरपालिका र छ गाँउपालिका रहेको स्याङ्जामा कुल मतदाताको ६९.७३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जानकारी दिएको छ । स्याङ्जामा एक लाख ९३ हजार मतदाता थिए ।

 

प्रकाशित: २ जेष्ठ २०७४ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App