१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मुचुल्का नभेटिँदा काठमाडौंको मतगणना रोकियो

मतगणनास्थल राष्ट्रिय सभागृहको दृश्य। तस्विरः विजय गजमेर

काठमाडौं— काठमाडौं महानगरपालिकाको मतगणना रोकिएको छ। सर्वदलीय सहमतिपछि मतगणना सुरु गर्न खोज्दा वडा नम्बर १ को मुचुल्का नभेटिएपछि गणना हुन नसकेको हो। मतपेटिकाबाट मतपत्र खन्याइसकेपछि मुचुल्का खोज्दा नभेटिएको हो। काठमाडौंमा वडा नम्बर १ देखि क्रमैसँग मतगणना तयारी छ।

बिहान बसेको सर्वदलीय बैठकले बिहानको खाना खाएर मतगणना गर्ने निर्णय गरेअनुसार ११ बजेपछि मतपेटिका खोलिएको थियो।

३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो। काठमाडौं महानगरपालिकामा मतदाता संख्या २ लाख ७९ हजार ३०६ मतदाता छन्।
काठमाडौंको मेयरमा काँग्रेसका राजुराज जोशी र एमालेका विद्यासुन्दर शाक्यबीच मुख्य प्रतिस्पर्धा हुने प्रक्षेपण छ। नयाँ अनुहारमा साझा पार्टीका किशोर थापा र विवेकशील नेपालीकी रञ्जु न्यौपाने पनि चर्चामा छन्।
 

प्रकाशित: १ जेष्ठ २०७४ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App