१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साल्जबर्गको जितले लिपजिगलाई संकट !

भियना – साल्जबर्गले शनिबार लगातार चौथो पटक अस्ट्रियन लिगको उपाधि जितेपछि युरोपेली फुटबल संघ (युइएफए) लाई जर्मन क्लब आरबी लिपजिगलाई च्याम्पियन्स लिग खेल्न दिने वा नदिनेबारे निर्णय गर्नुपर्ने भएको छ ।

शनिबार र्यापिड भियनामाथि १–० को विजय हासिल गरेसँगै ३३ खेलमा ७२ अंक जोडेको साल्जबर्ग उपाधिविजेता बनेको हो ।

साल्जबर्ग र लिपजिग दुवै क्लबको स्वामित्व अस्ट्रियन शक्तिवर्धक पेयपदार्थ रेडबुलले लिएको हो । तर, युइएफएको नियमानुसार एउटै मालिकको स्वामित्वमा रहेका कुनै दुई क्लबले एउटै प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छैनन् । 

सन २००५ देखि रेडबुलको प्रायोजनमा रहेको साल्जबर्गले आठौं पटक अस्ट्रियन लिगको उपाधि जितेको छ भने सन् २०१४ पछि भने लगातार कीर्तिमानी चौथो पटक उपाधि जितेको छ ।

रेडबुलले सन् २००९ मा स्थापना गरेको लिपजिग  सात वर्षमा चार पटक बढुवा हुँदै यसै सिजन मात्र जर्मनीको शीर्ष लिग बुन्डेसलिगामा उक्लिएको थियो ।

बुन्डेसलिगाको दोस्रो स्थानमा रहँदै लिपजिग गत साता पहिलो पटक च्याम्पियन्स लिगमा छनोट भएको थियो । साल्जबर्ग भने अहिलेसम्म युरोपको प्रतिष्ठित प्रतियोगितामा छनोट हुन सकेको थिएन ।

प्रकाशित: १ जेष्ठ २०७४ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App