१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकका दुई मतदान केन्द्रमा ४ राउण्ड हवाइ फायर

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको दुई मतदान केन्द्रमा दिउँसाे १ बजे प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको छ । 

मेलम्ची नगरपालिकाको जागेश्वरी निमावी मतदान केन्द्रमा लाइन मिचेको विवादमा स्थानीयहरूले मतदानको लागि राखिएको टेबुल फुटाउन खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको  डिएसपी श्यामकृष्ण अधिकारीले बताए । 

उनका अनुसार अहिले स्थिति सामान्य अवस्थमा फर्किए पनि मतदान भने अवरुद्ध भएको छ र केही समयमा नै पुनः सुचारु हुनेछ । 

त्यस्तै जिल्लाको भिमटार केन्द्रमा पनि एक राउण्ड हवाई फायर गरिएको छ । अशक्त व्यक्तिको नाममा सहयोगीले भोट हालेको विषयमा उत्पन्न भएको विवाद नियन्त्रणमा लिन हवाइ फायर गरिएको हो।

यी बाहेक अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण तवरले मतदान भइरहको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको अनुमान छ । 

प्रकाशित: ३१ वैशाख २०७४ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App