१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानी किम कार्दसियनको हत्या

पाकिस्तान–पाकिस्तानी मोडल कंदील बलोचको हत्या भएको छ । उनलाई आफ्नै भाइले गोली हानेर हत्या गरेको पंजाब पुलिसले जनाएको छ । उनलाई पाकिस्तानकी किम कार्दसियन भनिन्थ्यो ।

कंदील हालैमा एक धर्मगुरुका साथ सेल्फी खिचेर चर्चामा आएकी थिइन् । मुस्लिम धर्मगुरुसँगको यो तस्विरसँगै पाकिस्तानमा हलचल मच्चिएको थियो । सामाजिक सन्जालमा कंदील निर्क लोकप्रिय मानिन्थिन् । अझ सार्वजनिक रुपमै इमरान खान र भारतीय क्रिकेटर विराट कोहलीलाई मन पराउँछु  र उनीहरुका लागि जे पनि गर्न तयार छु भन्ने अभिव्यक्ति दिएर उनले धेरैलाई चकित तुल्याएकी थिइन् ।

गत मार्चमा ट्वान्टी–२० क्रिकेट विश्वकपका दौरानमा यदि पाकिस्तानले भारतलाई हराएमा ‘स्ट्रिप डान्स’ गर्छु भनेर खल्बलि मच्चाएकी थिइन् । तर खेलमा भारतले पाकिस्तानलाई हराएपछि उनको नाच्ने इच्छा पूरा भएको थिएन । पन्जाब प्रहरीले ‘अनर किलिङ’ अन्तर्गत आफ्नै भाइले दिदीको हत्या गरेको पुष्टि गरेको छ । ‘अनर किलिङ’ भन्दै आफ्ना दिदी बहिनी वो छोरी मार्नु पाकिस्तानमा आम घटना मानिन्छ ।

शुक्रबार राति घरमा विवाद बढेपछि भाइले गोली हानेको प्रहरीले बताएको छ । सोही मामलामा प्रहरी उनका आमा बुबालाई पनि नियन्त्रणमा लिएको छ । कराँचीमा बस्दै आएकी कंदील मार्ने धम्की बढेपछि पन्जाब बस्दै आएकी थिइन् । सामाजिक सन्जालमा बेला बखतमा उत्तेजक भिडियो तथा फोटो राख्ने गरेकी  कंदीललाई अग्रवादीले बेला बखत मार्ने धम्की दिँदै आएका थिए ।

भाइले कंदीललाई मोडलिङ छाड्न आग्रह गरेपछि विवाद बढेको र भाइले आवेशमा आएर हत्या गरेको आमा बुबाको बयान छ । तर दिदी मार्ने भाइलाई भने प्रहरीले पक्डन सकेको छैन । उनको मृत्युपछि पाकिस्तान दुई भागमा विभाजित देखिएको छ । केहीले उनको उदार विचारलाई सही ठह¥याएका छन् भने केहीले उनको मृत्यु शुभ समाचार भएको बताएका छन् । उनले पाकिस्तानमा रहँदै आएको पितृसत्तात्मक संरचनाको आलोचना गर्दै आएकी थिइन् ।

 

प्रकाशित: २ श्रावण २०७३ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App