१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्सको राष्ट्रपतिमा सबैभन्दा कम उमेरका मार्को विजयी

पेरिस – फ्रान्समा भर्खरै भएको राष्ट्रपतिको निर्वाचनमा अहिलेसम्म कै सबैभन्दा कम उमेर भएका एमानुयल मार्को विजयी भएका छन् । उनले नयाँ राजनीतिक दल खोलेको एक वर्षमा मै फ्रान्सको राष्ट्रपति पदमा विजयी भएर नयाँ इतिहास रचेका छन् । 

दक्षिणपन्थी उम्मेदवार मारिन ल पेनलाई हराएर ३९ वर्षीय मार्काे फ्रान्सको इतिहासमा नै सबैभन्दा कम उमेरका राष्ट्रपति बन्न सफल भएका हुन् । मध्यपन्थी राजनीतिज्ञ तथा युरोपेली संघका अध्यक्ष समेत रहेका उनले आफ्नो जितले फ्रान्समा एक नयाँ युगको सुरुवात हुने बताएका छन् । 

पेरिस स्थित बिबिसी संवाददाताका अनुसार उनको यस जित एक अपरिचित मानिसको सफलताको एक कथा बन्न सफल भएको छ ।  फ्रान्सको उत्तरी सहर एमिनियामा जन्मिएका मार्काेका बाबु एक प्रतिष्ठित डाक्टर  थिए । 

उनले केही समय इन्भेष्टमेन्ट बैंकमा काम गरेका थिए भने त्यस पश्चात् फ्रान्सका पूर्व राष्ट्रपतिको आर्थिक सल्लाहकारका रुपमा  काम गरेका थिए । आर्थिक सल्लाहकारको रुपमा केही समय काम गरेपश्चात् फ्रान्सका पूर्व राष्ट्रपति फ्राँन्स्वाँ ओलान्दले उनलाई अर्थ मन्त्रीका रुपमा नियुक्त गरेका थिए । 

सरकारमा नै रहेको समयमा उनले आफ्नो एक नयाँ दल एन मास खोल्ने घोषणा गरेका थिए । दल खोल्ने घोषणा गरेलगतै उनले सरकारबाट राजीनामा दिई राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका थिए । फ्रान्सका पुराना दुई पार्टीहरू सोसोलिष्ट  र रिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई पराजित गरी उनी फ्रान्सको इतिहासमा नै कम उमेरका राष्ट्रपतिको रुपमा निर्वाचित हुन सफल भएका छन् ।

प्रकाशित: २५ वैशाख २०७४ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App