‘प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ’

शनिबार, ०१ साउन २०७३, १५ : २० मणि दाहाल  | @maninagarik

काठमाडौं–नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार भएको बताएका छन्। शनिबार राजधानीमा प्रेस चौतारीले आयोजना गरेको अन्र्तसंवादमा सचिव ज्ञवालीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार भएपनि आफूहरु त्यसको पक्षमा नहरेको बताए।
‘प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ,’ उनले भने,‘तर हामी अहिले त्यसो गर्ने पक्षमा छैनौं। जनप्रनिनिधिविहीनताको अवस्थाको अनुभव गरिसकिएको  एमालेले पुन जनप्रतिनिधि विहीन अवस्था उत्पन्न हुन नदिने उनको भनाइ थियो। ‘विगतमा शेरबहादुर देउवाले संसद विघटन गर्दा उत्पन्न जटिलता र बाबुराम भट्टराईले संविधानसभा विघटन गरेपछिको अवस्था हामी सबैले भोगेका छौं,’ उनले भने,‘फेरि एमालेले पनि जनप्रतिनिधि संसद विघटन गरेर संवैधानिक जटिलता मुलुकमा निम्त्याउँदैन।’

संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन हुन नसक्ने भन्दै सचिव ज्ञवालीले त्यसको व्याख्या राष्ट्रपति वा सर्वोच्च अदालतले गर्नुपर्ने बताए। उनले संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठन हुन नसक्ने भन्दै प्रतिनिधिसभाको निर्वाचनपति मात्र सो धारा अनुसार सरकार गठन हुने बताए। प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने भन्दै ज्ञवालीले प्रधानमन्त्रीले अविश्वास प्रस्तावको सामना गर्ने बताए। ‘प्रधानमन्त्रीले अहिले नै राजीनामा दिने कुरा आउँदैन,’ उनले भने,‘ उहाँले अविश्वास प्रस्तावको सामना गर्नुहुन्छ।’ तर ज्ञवालीले कुनै संवैधानिक उल्झन निम्त्याउने पक्षमा आफूहरु नरहेको बताए।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad