१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उम्मेदवारीको रौनक

सिन्धुपाल्चोक—स्थानीय निर्वाचनको मनोनयनपत्र दर्ताको क्रममा सिन्धुपाल्चोकमा राजनीतिक दलहरुले उत्साहपूर्वक उम्मेदवारी दिएका छन्।  कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले सयौं कार्यकर्ता सहित उम्मेदवारी दर्ता गराए । गाउँ नै रित्याएर दलका नेता, कार्यकर्ता गाउँ, नगरको केन्द्रस्थित निर्वाचन अधिकृतको कार्यालय झरेका थिए।

अधिकांश महिला सारी, चोली र पुरुष उम्मेदवार दौरासुरुवाल, सर्ट पाइन्ट, भादगाउँले र ढाका टोपीमा सजिएका थिए।

बाजागाजा, नाचगान, झाँकीसहित सयौं नेता, कार्यकर्ताको बीचमा उम्मेदवार सजिएका थिए । निधारमा टीका, फूल, दुबोको माला र खादा पहिरिएका उनीहरू दुलाहा, दुलही जस्तै देखिन्थे । अधिकांश महिला सारी, चोली र पुरुष उम्मेदवार दौरासुरुवाल, सर्ट पाइन्ट, भादगाउँले र ढाका टोपीमा सजिएका थिए ।

‘निकै उत्साही छु । कार्यकर्तामा उत्साहको बेग छ,’ दुवोको माला पहिरिएका एमालेबाट चौतारा–साँगाचोकगढी नगरपालिकाका मेयर उम्मेदवार सोम सापकोटाले भने । बाजागाउँसहित नारावाजीसाथ दलीय चिह्न र झन्डा फहराउँदै नेता, कार्यकर्ता केन्द्रमा झरेका थिए । केन्द्रस्थित पार्टी कार्यालयमा भेला भएर उनीहरुले उम्मेदवारहरुलाई टीका, माला र खादा पहिर्‍याउँदै सगुन खुवाएर निकालेका थिए ।

मनोनयन दर्ता जुलुसमा युवाको बर्चस्व थियो । प्रौढ र वृद्धावृद्धको उपस्थिति पनि उल्लेख्य थियो ।

 

अन्तिम समयमा पार्टी परिवर्तन

मनोनयनपत्र दर्ता गर्ने १२ घण्टाभित्र धेरैले पार्टी परिवर्तन गरे । उनीहरुले विभिन्न दलबाट टिकटसमेत पाए । कांग्रेस जिल्ला सदस्य बुद्धराज बस्नेत मंगलबार राति माओवादी केन्द्र प्रवेश गरे । उनले केन्द्रको तर्फबाट बाह्रविसे नगरपालिकामा मेयरको टिकट पाए । त्यहाँ केन्द्र–राप्रपाबीच गठबन्धन भएको छ । कांग्रेसले टिकट नदिएपछि उनी अन्तिम समयमा केन्द्रमा लागे ।

महिनाअघि माओवादी केन्द्रबाट व्यावसायी राजकुमार पौडेलले भोटेकोसी गाउँपालिकाको टिकट भेट्टाए । कांग्रेस त्याग्दै उर्मिला लामाले रातारात राप्रपाबाट लिसंखुपाखर गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार बनिन् । उपाध्यक्षको प्रस्तावसहित आवद्ध पार्टी एमाले परित्याग गरेकी दुर्गा नेपालले माओवादीबाट बलेफी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिँइन् ।

एमाले र कांग्रेसले एक्लाएक्लै प्यानलको उम्मेदवारी दिँदा माओवादी केन्द्रले बाह्रविसे नगरपालिका, जुगल, त्रिपुरासुन्दरी गाउँपालिकामा राप्रपासँग गठबन्धन गरेको छ । केन्द्रीय नेताहरु माओवादीका अग्नि सापकोटा, कांग्रेसका मोहन बस्नेत, एमालेका शेरबहादुर तामाङ, अरुण नेपाल, राप्रपाका पशुपति शमसेर राणा कार्यकर्तामा उत्साह थप्न आफ्नो क्षेत्रमा पुगेका थिए।

प्रकाशित: २० वैशाख २०७४ ००:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App