१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मजदुरलाई स्थानीय तहमा सहभागी गराउन माग

सदरमुकाम गाईघाटमा श्रमिक दिवस मनाउँदै मजदुरहरू । तस्बिर : महेश्वर राई

उदयपुर – यहाँका मजदुर नेताहरूले स्थानीय तहको चुनावमा मजदुरहरूको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् । १ सय २८ आैँ विश्व मजदुर दिवसको अवसरमा गाईघाटमा आयोजित कार्यक्रममा संघीय नेपालको सविधान २०७२ को कार्यान्वयनसँगै हुन लागेको स्थानीय चुनावमा श्रमिकहरूको अर्थपूर्ण सहभागिता हुनपर्नेमा मजदुर अगुवाहरूले जोड्दार माग गरेका हुन् । 

क्युपेक नेपाल र अटो मेकानिक्स ट्रेड युनियन उदयपुरको आयोजनामा भएको दिवसमा अगुवाहरूले श्रमिकमाथि अझै शोषण कायम ररेको आरोप पनि लगाए । श्रमिकको सम्मान हुन नसकेको र अझै श्रम शोषण भईरहेको भन्दै यसप्रति सरकार गम्भीर हुनुनपर्ने सुझाव उनीहरूको थियो । 

मजदुर अगुवाहरूले मजदुरको समस्यालाई तत्काल सम्बोधन गर्न माग गर्दै अन्यथा कडा संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् । श्रमिकले सम्मान पाउनुपर्ने, काममा विभेद हुन नहुने, श्रम शोषण अन्य हुनुपर्ने जस्ता मजदुरका आधारभूत अधिकारहरू अझै बाँकी रहेको भन्दै उनीहरूले यस्ता समस्या तत्काल सम्बोधन गर्न सरोकारवारा निकायको ध्यानाकर्षण उनीहरूले गराएका छन् । 

देशमा संघीय लोकतान्त्रिक गणतान्त्र आइसक्दा पनि मजदुरका समस्या ज्युँका त्युँ रहनु लज्जास्पद भएको भन्दै मजदुर नेताहरूले यस्ता समस्यापैति सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनीहरूले मजदुरको हक, हित भए मात्र देश र जनताको हित भएर मुलुकमा आर्थिक समृद्धि हुनेमा पनि जोड दिएका थिए । 

दिवसमा विभिन्न राजनीतिक दलका नेताहरूले मजदुरहरूको काममा सम्मान र ज्यालामा समानता ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मजदुरकै श्रम र पसिनाका कारण आज विश्व २१ औं शताब्दीको आधुनिक र समृद्धिको चुचुरोमा पुगेको भन्दै उनीहरूले नेपाललाई पनि यहाँसम्म ल्याईपुर्याउनमा मजदुरहरूको ठूलो भूमिका रहेकोमा प्रशंसा गरे । उनीहरूले मजदुर र मजदुरको कामको सम्मन गर्नुपर्ने बताउँदै नेपालमा कायम मजदुर मजदुरबीचको बिभेद अन्त्य हुनुपर्नेमा जोड दिए । 

कार्यक्रमअघि ‘विश्वभरीका मजदुरहरू एक हौं’ भन्ने नाराका साथ गाईघाटको पिपलचोकमा भेला भएका जिल्लाभरका मजदुरहरूले नगर परिक्रमा गरेका थिए । नगर परिक्रमापछि सोही ठाउँमा भेला भएर कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रममा श्रमिकको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । दिवसको अवसर पारेर भाले जुधाइ र साईकल रेस प्रतियोगिता पनि आयोजना गरिएको नेपाल मजदुर संगठनका मणि चामलिङले बताए । 

 

प्रकाशित: १८ वैशाख २०७४ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App