१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वीरगन्ज बसपार्कमा आगलागी ४ बस जले, करोडको क्षति

वीरगन्ज नयाँ बसपार्कको एउटा ग्यारेजमा भएको आगलगी निभाउन प्रयास गरिँर्दै । तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– वीरगन्जको नयाँ बसपार्कस्थित एउटा बस ग्यारेजमा आगलगी हुँदा ४ वटा बसह जलेर नष्ट भएका छन्।  

‘शुक्रबार साँझ करिब ६ बजे भएको आगलगीले ग्यारेज पुरै जलेको छ, ४ वटा बसहरु जलेका छन्, वरवरका घरहरुमा पनि राप लागेको छ,’ पर्सा प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भने, ‘प्रारम्भिक रुपमा करिब ९० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ, सम्बन्धित पक्षहरुबाट विवरण लिन बाँकी छ।’

ननइ अन्सारीको ग्यारेजमा उक्त आगलगी भएको हो । प्रारम्भिक जानकारी अनुसार वेल्डिङ गर्ने क्रममा निस्केको झिल्को डेन्ड्राइड (टाँस्ने काममा प्रयोग गरिने एक किसिमको प्रज्वलनशील रसायन)मा परेपछि आचानक आगो दन्केको बुझिएको उनले बताए।

‘प्रारम्भिक जानकारी अनुसार  बुझ्दा यस्ता कुराहरु सुनियो, यकिन रुपमा यही नै भएको हो भन्ने तथ्य फेला परेको छैन्,’ उनले भने, ‘आगलगीको कारण पनि हामी पुष्टि गर्दैछौं ।’
उक्त घटनामा वरपरका चार वटा घरमा पनि क्षति भएको छ । बसमा दन्केको आगोको रापका कारण ती घरहरुमा क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार आगलगी सुरु हुँदा आगोको मुस्लो निकै माथिसम्म उठठेको थियो । डराएर छेउछाउका घर र पसलका समान जोगाउन स्थानीयले निकालेर सडकमा थुपारेका थिए।

वीरगन्ज उपमाहानगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

 

प्रकाशित: १५ वैशाख २०७४ १५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App