१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

मातातीर्थमा भक्तजनको भीड (फोटो फिचर)

काठमाडौं– अनेकाैं दुःख, कष्ट सहेर नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्ने दिनकाे रूपमा अाज बुधबार वैशाख कृष्णऔँसीका दिनलार्इ आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ।

आमालाई मीठो खान लाउन दिने, सेवा, सत्कार गर्ने लगायत गरी याे दिवस मनाइँदै छ।  बुधबार काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लागेकाे छ । मातातीर्थमा अाएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेरेर अामाप्रति सम्मान र श्रद्धा व्यक्त गरेका छन्।

आजको दिन मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवङ्गत आमाका मुख देखेको जनविश्वास रहँदे अाएकाे छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए। संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो भन्ने किंवदन्ती रहँदै अाएकाे छ।

कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवङ्गत माता यहाँ आउँछौँ भनेपछि त्यसैबेलादेखि मेला लाग्न थालेको मातातीर्थ भनाइ छ ।

अाजका दिन मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमालगायत गुरुआमा, सासू र काकीहरूलाई दिने र आशीर्वाद ग्रहण गर्ने चलन छ।

प्रवीण कोइरालाका तस्बिर हेर्नुहोस्

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App