वासिङटन–अमेरिकी राष्ट्रपति बाराक ओमाबाले अमेरिकी जनता र प्रहरीबीच एक आपसमा समझदारी आवश्यक रहेको बताएका छन्।
उनले जनता र प्रहरीकाबीचमा समझदारुी बढाउने मामिलामा अमेरिकाले अझै धेरै गर्न बाँकी भएको बताएका छन् ।
वासिङटनमा प्रर्दशनकारी, स्थानीय राजनीतिज्ञ तथा कानुन व्यवसायीहरुसँगको भेटपछि ओबामाले अफ्रिकन अमेरिकन र प्रहरीबीचमा भैरहेको आपसी झडपको अनुसन्धान गरिने पनि बताए। उनले एक आपसमा असमझदारी र प्रहरीले काला मानिसमा गर्ने विभेदका कारण दंगा भड्किएका र यसले आफूलाई सँधै दुख लाग्ने गरेको बताउदै आएका छन्।
गत हप्ता डल्लासमा प्रहरीले लौसियाना र मिनीस्टोनमा दुई जना अफ्रिकन अमेरिकनो गोली हानी हत्या भएपछि त्यहाँ प्रहरीको विरुद्ध प्रर्दशन भैरहेको छ । साथै एक भूतपूर्व सैनिक अधिकारीले गोली हानी पाँच प्रहरीको गोली हानी हत्या गरेका थिए।
प्रकाशित: ३० असार २०७३ ०९:३६ बिहीबार