२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आर्थिक विकासको दशवर्षे मार्गचित्र तयार पार्दै कांग्रेस

घोषणापत्र तयारी समितिको प्रस्तुति हेर्दै कांग्रेस नेताहरु।

काठमाडौं—नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीको काम अन्तिम चरणमा पुर्‍याएको छ। महेश आचार्य संयोजक रहेको समितिले अहिलेसम्म तयार पारेका विषय बुधबार सभापति शेरबहादुर देउवा, पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा जानकारी गराएको हो।

'नेपाली जनताको आर्थिक उन्नतिको चाहनालाई सम्बोधन गर्नेगरी कांग्रेसले घोषणापत्र तयार पारिरहेको छ', घोषणापत्र तयारी समिति सदस्य प्रदीप  पौडेलले नागरिकन्युजसँग भने, 'कांग्रेस घोषणापत्रले आर्थिक विकासको दश वर्षे मार्गचित्र प्रस्ट पार्नेछ।'

अपराह्न ३ बजेदेखि सुरु भएको बैठकमा संयोजक आचार्यले घोषणापत्रमा समेटिने विषयहरुलाई पावर पोइन्ट प्रेजेन्टेसन बनाएर नेताहरु समक्ष देखाएका थिए। प्रस्तुतिमा आर्थिक विकासका विभिन्न पक्षहरु समावेश छन्।

स्थानीय तहलाई उद्योग र लगानीमैत्री बनाउने विषयदेखि पर्यटन, जलस्रोत र कृषि क्षेत्रमा दशमा  गर्न सकिने आर्थिक सम्वृद्धिको मार्गचित्र प्रस्तुतिमा देखाइएको थियो। पार्टी केन्द्रीय सदस्य एवं समित सदस्य  प्रदीप पौडेलले घोषणापत्रले नेपालको आगामी दश वर्षको अार्थिक उन्नतिको तथ्यगत खाका प्रस्ट्याउने जानकारी दिए।

'नेपाली जनताको आर्थिक उन्नतिको चाहनालाई सम्बोधन गर्नेगरी कांग्रेसले घोषणापत्र तयार पारिरहेको छ', घोषणापत्र तयारी समिति सदस्य  पौडेलले नागरिकन्युजसँग भने, 'कांग्रेस घोषणापत्रले आर्थिक विकासको दश वर्षे मार्गचित्र प्रस्ट पार्नेछ।'

वैशाख १० गते घोषणा सार्वजनिक गर्ने गरी समितिले काम गरिरहेको हो।

घोषणापत्रको मस्यौदामा सुझाव दिनका लागि बिहीबारसम्मको समय दिइएको छ। बुधबार प्रस्तुति हेरेका शीर्ष नेताहरुले केही विषयमा आफ्ना सुझाब राखेका छन्। समितिले भोलि बिहीबारसम्म सुझाव लिने र उपयुक्त सुझावलाई समेटेर घोषणापत्रलाई अन्तिम रुप दिनेछ।

कांग्रेसले पूर्व अर्थमन्त्री डा.रामशरण महतसहित ३५ सदस्यीय समिति बनाएर घोषणा पत्र तयार पार्न लागेको हो। पदाधिकारी र मन्त्रीहरुलाई समितिमा आमन्त्रित सदस्यको रुपमा राखिएको छ।

बिहीबारदेखि मिडिया सेन्टर सञ्चालनमा

निर्वाचनका लागि बनाइएको प्रचार उपसमितिको बैठक पनि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ। समिति उपसंयोजक गगन थापाको अध्यक्षमा बसेको बैठकले बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेमा मिडिया सेन्टर स्थापना गर्ने निर्णय गरेको छ।

वैशाख १० देखि छापा, इलेक्ट्रोनिक, अनलाइन तथा सामाजिक सञ्जालबाट आक्रमक रुपमा प्रचारमा जाने निर्णय भएको अनलाइन उपसमिति संयोजक अजयबाबु शिवाकोटीले बताए। प्रचारका लागि कांग्रेसले पुरानो सञ्चार माध्यम छापादेखि सोसल मिडियाको प्रभावकारी उपयोग गर्ने रणनीति बनाएको उनले जानकारी दिए।

प्रकाशित: ६ वैशाख २०७४ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App