१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरिया परमाणु आक्रमणको प्रतिबाद गर्न तयार

सोल– कुनै पनि प्रकारको परमाणु आक्रमणको प्रतिबाद गर्न आफ्नो देश तयार रहेको उत्तर कोरियाले जनाएको छ।

अमेरिका प्रतिलक्षित गर्दै उत्तर कोरियाली अधिकारीले जथाभावी रासायनिक आक्रमण नगर्न चेतावनिसमेत दिएका छन्।

“हामी हरेक आक्रमणको सामना गर्न पूर्ण तयारी अवस्थामा छौँ,' आक्रमण गर्नेका विरुद्ध आफ्नै तरिकाले जवाफी आक्रमण गर्न पनि हामी सक्षम छौँ,” एक जना सैन्य उच्च अधिकारी चोइ र्योङ हाइले भने।

आफ्ना संस्थापक नेता किम इल सङको १०५औँ जन्मदिनको अवसरमा देशको सैन्य सामथ्र्य प्रस्तुत गर्नु अगाडि शनिबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। शहरको केन्द्रमा रहेको किम इल सङ स्क्वायरमा सैनिकहरुले कवाज र मार्च पास प्रदर्शन गरेका थिए।

उत्तर कोरियाको सफलतापूर्वक परमाणु हतियार निर्माण गर्ने क्षमता बढ्दै गएको भन्ने चिन्ताका माझ शनिबारको प्रदर्शनीलाई आफ्नो सैनिक सामथ्र्य बाहिरी विश्वसामू प्रस्तुत गर्ने मौकाका रुपमा प्रयोग गरिएको देखिन्छ।

अमेरिकाले एउटा युद्धपोत कोरियाली प्रायद्वीप नजिकै खटाएपछि अमेरिका र उत्तर कोरियाको सम्बन्धमा अहिले तनाव बढ्दै गएको छ।

उत्तर कोरियाले पनि पाँचवटा परमाणु परीक्षण गरिसकेको छ र श्रृङ्खलावद्ध रुपमा क्षेप्यास्त्रको परीक्षण गरिरहेको छ।

प्रकाशित: २ वैशाख २०७४ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App