१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

समता सँधै उत्कृष्ट, ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ । 
समता विद्यालयबाट एसएलसी परीक्षमा ८ सय ७५ जना विद्यार्थी  सहभागी भएकोमा ए प्लस ग्रेड १ सय ६ जना, ए गे्रड ४ सय ४३ जना, वि प्लस ग्रेड २ सय १६ जना, वि ग्रेड १ सय ३ जना र सी प्लस ७ जनाले ल्याएको समता काठमाडौंका प्रशासन प्रमुख अजय अधिकारी सशिलले जानकारी दिए । 


समताबाट सिजन दाहालले सबैभन्दा बढी जीपीए ल्याएका छन । उनले ३.९ ल्याएका हुन ।
यो वर्ष काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रपल्नाचोक कास्की, नवलपरासी र भैरव गरी ८ जिल्लाका समता विद्यालयका विद्यार्थीहरु सहभागी थिए । समता विद्यालयले ४२ वटा जिल्लामा शाखा विस्तार गरेर सबै ठाउँमा मासिक एक सय लिएर अध्ययन गराउने गर्दछ ।
 

प्रकाशित: ३ असार २०७३ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App