विराटनगरका ३ डाक्टर पक्राउ

शुक्रबार, ०३ असार २०७३, १६ : १८

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले पक्राउ गरेको हो।

डा. जावेदलाई विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको सिआईबी ब्यूरोले पक्राउ गरेको हो। पक्राउ परेका तीनै डाक्टरलाई जहाजबाट काठमाण्डौं लैजाने तयारी भइरहेको स्रोतले बतायो। अस्पालमा बिरामी जाँचिरहेका बेला बिरामीको पूर्जा नै काटेरै प्रवेश गरेका ब्यूरोका सादा पोशाकका प्रहरीले डा. अख्तरलाई पक्राउ गरेका थिए। लाइफ गार्ड अस्पतालका प्रवन्ध निर्देशक डा. कैलाशकुमार श्रेष्ठले अपरिचित केही व्यक्तिले डा. जावेदलाई अस्पालबाटै नियन्त्रणमा लिएर लगेको बताए। 'डा. जावेद केविनमा बिरामी जाँच्दै थिए, दुईजना बिरामीकै पूर्जा काटेर केविनमा छिरे,' डा. श्रेष्ठले भने, 'उनी डा. जावेदलाई लिएर गए।'

डा. जावेदलाई सिआइबी ब्यूरोले अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेको छ। भारत कत्तकता घर भएका डा. जावेद करिव डेढ दशकदेखि विराटनगरमै बसेर चिकित्सकीय सेवा पुर्याइरहेका छन्। डा. जावेदलाई ब्यूरोले पक्राउ गरेको विषयमा भारतीय दुतावासका विराटनगरस्थित फिल्ड कार्यालयले पनि चासो देखाइरहेको छ।







यसमा तपाईको मत

अन्य समाचार

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad