१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मालगाउँ–लोप्रे सडक खुल्यो, कृषक हर्षित

तस्बिर : सडक खुलेपछि निरीक्षण गर्दै सांसद अर्जुनप्रसाद जोशी । तस्बिर: छविलाल तिवारी

पर्वत – जलजला गाउँपालिकाअन्र्तगत माझफाँट बगरदेखि बासखर्क हुँदै लेखफाँटको लोप्रेसम्मको सडक सञ्चालनमा आएको छ । तरकारी, फलफुल, दुध उत्पादन गरी बिक्री वितरणका लागि महत्वपूर्ण मानिएको यो सडक नाका खुलेपछि त्यसक्षेत्रका कृषक हर्षित भएका छन् । 

सांसद अर्जुनप्रसाद जोशीको पहलमा उक्त सडक नाका हालै सञ्चालनमा आएको हो । ‘पटक–पटक गरी मैले यो सडकमा २४ लाख रुपैयाँ बिनियोजन गराएको थिए, अहिले सवारीसाधन सञ्चालनमा आएपछि निकै खुशी लाग्यो’ सांसद जोशीले भने–‘सडक अभावले कृषकले उत्पादन गरेका बस्तु बजारसम्म पुर्याउन निकै समस्या भएको रहेछ, अब सहज हुने भयो ।’ 

सडक निर्माण समितिका अध्यक्ष सोमबहादुर तिलिजाले सांसद जोशीबाट २४ लाख र स्थानीयवासीको १८ लाख गरी ४२ लाख रुपैयाँमा सडकको नाका खोलिएको जानकारी दिए । माझफाँटबगरदेखि बासखर्कको मालगाउँसम्म सडक पुगेपनि लेखफाँटको लोप्रेसम्म सडक जोडिएको थिएन । सडक सञ्चालनमा आएपछि बनबडे, डाडाकटेरी, लोप्रेको साथै महाबिर पुनको गाउँ म्याग्दीको नागीका बासिन्दालाई म्याग्दीबजारसम्म पुग्नका लागि सहज भएको छ । 

यी क्षेत्रमा विभिन्न तरकारीका पकेटक्षेत्रको साथै भुईस्याउ, किबि, टिमुर, दुधसहित विभिन्न प्रकारका जडिबुटी उत्पादन हुने गर्छ । यो क्षेत्र पशुपालनका लागि समेत राम्रो मानिन्छ । गाउँमा उत्पादन भएको बस्तु बजारसम्म पुर्याउन सहज भएपछि त्यसक्षेत्रका बासिन्दा निकै खुशी भएका छन् । ‘आफुले उत्पादन गरेको बस्तु बिक्रीका लागि घण्टौ पैदल हिडेर बजारसम्म पुर्याउनुपर्ने समस्या अब अन्त्य भएको छ’ तिलिजाले भने । 

 

प्रकाशित: २७ चैत्र २०७३ ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App