१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परम्परालार्इ 'ब्रेक–थ्रु’ गरेर बजेट आउँछः अर्थमन्त्री महरा

वीरगन्जमा मंगलवार आयोजित अर्थ मन्त्रालयको कार्यक्रमका सहभागी ।  तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले आर्थिक बर्ष २०७४/०७५ को बजेट परम्परागतभन्दा निकै फरक र नयाँ किसिमको ऐतिहासिक बजेट हुने दावी गरेका छन् । मंगलबार वीरगन्जमा आयोजित ‘२०७४/०७५ को राजश्व नीति कार्यक्रम तथा बजेट सन्दर्भमा छलफल तथा अन्तरक्रिया’का प्रमुख अतिथि मन्त्री महराले आगामी बजेटलाई संघीय मोडेलको बनाउन थालिएको जानकारी समेत गराए । 

‘यो बजेट परम्परागत किसिमको हुँदैन्, ब्रेक–थ्रु नै हुन्छ ! त्यसतै संघीय मोडललाई कार्यन्यवन गर्नका लागि बितीय ब्यवस्थापनमा जोड दिइने छ,’ उपप्रधान तथा अर्थ मन्त्री महराले भने, ‘निजी क्षेत्रलाई परोत्साहन गर्ने नीति अनुरुप पनि यो बजेट हुनेछ । निजी क्षेत्र र राज्यविच सम्बन्ध सुधार गरेर आर्थिक बिकास गर्ने हाम्रो उदेश्य रह्ने छ ।’ दिल्लीमा सम्पन्न अर्थमन्त्रीहरुको दक्षिण एशिया (सार्क)स्तरिय बैठकको मुल्यांकनमा नेपालको यो बर्ष आर्थिक अवस्था नाजुक नरहेको आर्थिक बृधीदरको आधारमा देखिएको उनले दावी गरे । 

पोहोर ६८ प्रतिशत मात्र हुन सकेको पुँजीगत खर्च यसपाली आर्थिक बर्षको अन्त्यसम्म ८० प्रतिशत नाघ्ने दावी गर्दै उनले आगामी बजेटमा पनि पुँजीत खर्चको प्रगतीको सुनिश्चितता तय गरिने बताए । संघीय संरचना अनुरुप पुर्वाधार बिकासमा जोड दिने करा पनि महराले उल्लेख गरे । 

प्रदेशपिच्छे बिशेष प्याकेज

अर्थ मन्त्रालयको राजश्व परामर्श समितले आयोजन गरेको कार्यक्रममा मन्त्रालयका सचिव शान्तराज सुवेदीले आगामी बजेटमा हरेक प्रदेशका लागि बिकासको बिशेष प्याकेज दिने घोषणा गरे । प्रदेश नम्बर २ का लागि द्रुतमार्ग लगायत प्राथमिक्तामा पर्ने उनले बताए । तयारी बस्तुभन्दा कच्चा पदार्थको आयातमा भन्सार महशुलमा सहुलियत गर्ने लगायत सुधारहरु ल्याई उत्पादकत्व बढाउने उनले बताए । आन्तरिक राजश्व बिभागका माहानिर्देशक चुडामणी शर्माले करदातामैत्री नीतिहरु ल्याउन तयारी रहेको बताए । वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अाेमप्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी ब्यवसायिहरुले राजश्व, भन्सार, बजेट र बिकासका सवालहरुमा मन्त्रालयको टोलीलाई सल्लाह सुझाव दिएका थिए । 

 

 

प्रकाशित: २२ चैत्र २०७३ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App