१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

अब पालो कांग्रेसको

२०४६ सालको जनआन्दोलन वाममोर्चा र नेपाली कांग्रेसको पहलमा भएको थियो । त्यसैले उक्त आन्दोलनलाई इतिहासका पानामा संयुक्त जनआन्दोलन भनिएको हो । आन्दोलनका सहयात्री दल निश्चित समयका लागि सँगै हिँड्न आवश्यक थियो । मनमोहन अधिकारीले पटकपटक नेकालाई त्यसबारे सचेत गराउनुभयो तर उसले जनआन्दोलनको सहयात्री दललाई भन्दा पञ्चहरुलाई मित्रशक्ति ठान्यो । त्यसै भएर मनमोहन अधिकारीले उसको विगतदेखिको इतिहास सम्झँदै ‘काग्रेसले सत्ता पाउनासाथ सबै कुरा बिर्सन्छ, त्यसैले पटकपटक प्रजातन्त्र खोसियो, त्यो प्रजातन्त्र फर्काउन सधैँभरि वामपन्थीको साथ चाहियो ।

वामन्थीहरु सँगै लडेर प्रजातन्त्र ल्याउने, ऊ सधैँभरि ठेकेदार बन्ने गरेको छ, यो राष्ट्रका लागि घातक छ’ भन्नुभएको थियो । हुन पनि कांग्रेसकै कारण २००७ सालमा ल्याएको प्रजातन्त्र २०१७ सालमा खोसियो । २०४६ सालमा ल्याएको प्रजातन्त्र २०५८ सालमा दरवारमा लगेर बुझायो । त्यही प्रजातन्त्र ल्याउन वामपन्थीसँगै मिलेर आन्दोलन गर्नुप¥यो । २०६२/६३ को आन्दोलनले गणतन्त्र नै ल्यायो । प्रजातन्त्रका लागि लडिएका पछिल्ला आन्दोलनमा कांग्रेसको भन्दा कम योगदान एमालेको पनि छैन । अनि त्यही पार्टीले संसद्मा बहुमत प्राप्त गरी सरकारको नेतृत्व गर्दै राष्ट्र र जनताका पक्षमा काम गरेको देखिनसहने किन ?

२०४६ सालको परिवर्तनपछि सत्ताको नेतृत्व गर्न पाएको नेकाका नेताहरु पारिवारिक घेरामा रमाउन थाले । बहुदलले ल्याएको परिवर्तन केही नेताका घरमा सीमित गराउन खोज्दै जाँदा २०५१ सालमा मध्यावधि चुनाव हुन पुग्यो । राजनीतिक परिवर्तनसँगै सामाजिक, आर्थिक, सांस्कृतिक परिवर्तनको पर्खाइमा रहेका जनताले एमालेलाई ठूलो दलका रूपमा स्थापित गरे । एमाले नेतृत्वको सरकारले जनचाहनाअनुसार काम गर्दै जाँदा आफूलाई प्रजातन्त्रको ठेकेदार ठान्ने कांग्रेस हतास मनस्थितिमा पुग्यो ।

फलतः मनमोहन अधिकारी नेतृत्वको सरकार उसका लागि ठूलो टाउको दुखाइ बन्यो । संसद्को अङ्क गणितीय खेलमा सरकार गठन र विघटनमा राप्रपा निर्णायक शक्ति थियो । यथास्थितिमा रमाउन र प्रजातन्त्रलाई सीमित घेरामा राख्न चाहने नेकाले उसैलाई मित्रशक्ति बनायो । जनताले असफल भनेर सिद्ध गरेका जनआन्दोलनको प्रतिकार समितिका सदस्यहरुलाई मित्रशक्ति ठान्दै एमालेलाई देखाइदिने रणनीति लियो । उसको त्यो रणनीति एमाले सिध्याउने होइन, मुलुकलाई नै सिध्याउने खेलमा परिणत भयो ।

संसदीय व्यवस्थालाई फोहोरको रछ्यानमा पु¥याउने काममा राप्रपा र नेका एक रथका दुई पाङ्ग्रा बनेर हिँडे । फलतः तिनैका क्रियाकलाप संसदीय राजनीतिमा विकृतिको जड बन्यो । सशस्त्र आन्दोलनको तयारीमा रहेको माओवादीले त्यस्ता गतिविधि र क्रियाकलापको निकै आलोचना ग¥यो । त्यसैलाई विषय बनाउँदै सशस्त्र आन्दोलन सुरुवात ग¥यो । जसबाट १६ हजार नेपाली हिंसाको शिकार भए । मुलुक दशकौँ पछाडि धकेलिन पुग्यो । यो सब एमाले नेतृत्वमा गठन भएको सरकारले गरेका जनपक्षीय काम र कांग्रेसका लागि असह्य पीडाको परिणाम थियो । कांग्रेसलाई यसले केही फरक परेन किनकि उसलाई केवल सत्तासँगमात्र सरोकार थियो ।

गणतन्त्र स्थापनापछि पहिलो पटक भएको संविधान सभाको चुनावमा नेकपा माओवादी ठूलो दल बन्न सफल भए पनि दोस्रो पटकको चुनावमा तेस्रो स्थानमा आइपुग्यो । संविधान बनाउने कुरामा गणितीयभन्दा पनि इस्यु बढी महत्वको हुने हँुदा जुन स्थानमा भए पनि त्यति फरक परेको देखिँदैनथ्यो । संविधान जारी भएपछि परिवर्तन भएको संसद्मा भने इस्युले भन्दा पनि गणितीय सङ्ख्याले महत्व पाउन थाल्यो । गणतन्त्र स्थापनापछिका दश वर्षमा एमाओवादीका नेताहरुले अकुत सम्पत्ति कमाए । यो कुरामा उनीहरु सफल रहे तापनि राजनीतिक हिसावले क्रमशः कमजोर हुँदै गए । राज्य सञ्चालनमा आमूल परिवर्तन गर्न सशस्त्र आन्दोलन गरेको भनेर आफूलाई निकै ठूलो क्रान्तिकारी ठाने पनि परिणामले हिजोको राप्रपाको स्थानमा पु¥याएको छ । आजका दिनमा उसको जुन हैसियत छ अबका दिनमा त्योसमेत नरहने देखेपछि यसैलाई अन्तिम मौका ठान्दैछ । आजका दिनमा हिमाल, पहाड, तराई जहाँ गए पनि एमाले र ओलीकै चर्चा हुने गरेको छ । ओली सरकारमा रहिरहने र यसैगरी काम गर्ने हो भने आउँदो चुनावमा कांग्रेसको पनि माओवादीको हालत हुने ठानी ऊ अत्तालिएको छ । कांग्रेसका लागि ओली सरकार ठूलो तगारो बनेको छ ।

केपी ओली नेतृत्वमा बनेको सरकारमा महत्वपूर्ण मन्त्रालय एमाओवादीकै कोटामा छन् । सरकार सञ्चालन गर्न बनेको संयन्त्रको प्रमुख प्रचण्ड स्वयम् छन् । नाकाबन्दी त गृह मन्त्री र आपूर्ति मन्त्रीका लागि वरदान नै सावित भयो । सेट मिलाएर पूरै कालोबजारी गरे । कोही सुटबुट लगाएर कार्पेटमा राखेको गमलामा धान रोपेर क्रान्तिकारी नाराका साथ छलाङ मार्दैछन् । अनि सरकारले काम गरेन भन्दै दोष ओलीलाई लगाएका छन् । एमाओवादीका नेतालाई कमाउनुपरेको छ । कांग्रेसलाई आउँदो चुनावमा लज्जास्पद हारबाट जागिनुपरेको छ ।

त्यसैले माओवादीभित्र हामीले पनि कमाउने मौका पाउनुपर्छ भन्ने भित्री उद्देश्य राखेका सरकारबाहिर रहेका केही नेता सरकार बदल्नुपर्छ भनेर लागेका छन् । त्यसका लागि डिजाइनर कांग्रेस बनेको छ । उसले विगतको इतिहास दोहो¥याउँदै राप्रपाका ठाउँमा एमाओवादीलाई एक रथका दुई पाङ्ग्रा बनाउन खोज्दैछ । जनपक्षीय काम गरेर सरकार लोकप्रिय बन्दै गए कम्युनिस्टको भोट बैङ्क एउटै भएको हँुदा माओवादी लाई घाटा हुन्छ भनी उचाल्दै कांग्रेस आफ्नो साख बचाउनका लागि सरकारलाई असफल बनाउन सक्रिय भएको छ ।

राष्ट्रका पक्षमा सरकारका तर्फबाट जति काम भए ती सबै विदेशी दबाब पन्छाउँदै र कांग्रेसको विरोध छिचोल्दै भएका हुन् । राष्ट्रियताको सवालमा ओली हिमालजस्तै अटल रहेका कारण उनलाई सत्ताच्युत गर्न चाहनेहरुको इच्छासँगै नेकाको डिजाइनलाई एमाओवादीले मलजल पु¥याउँदैछ । विगतमा जसरी छ÷छ महिनामा सरकार फेर्ने र सांसदहरुलाई खसी÷बोका जसरी बिक्री गर्ने काममा नेका र राप्रपा एक ठाउँमा थिए, ठीक त्यसै गरी राप्रपाको भूमिकामा एमाओवादी आउन तयार हुँदैछ । हिजो राप्रपालाई साथ लिएर एमाले सिध्याउन खोज्दा राप्रपासँगै बहुदल पनि सिद्धियो । फेरि त्यही इतिहास दोहो¥याउँदै एमाओवादीलाई लिएर एमाले सिध्याउन खोज्ने कांग्रेस अब आफैँ सिद्धिनेछ, राजनीतिक घटनाक्रमले यही देखाउँदैछ ।

 

प्रकाशित: २९ असार २०७३ ०१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App