२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'समर्थन फिर्ता लिने निर्णय माओवादी र दाहालकालागि आत्मघाती'

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय माओवादी केन्द्र र प्रधानमन्त्री र त्यसका अध्यक्ष पुष्पकमल दाहाललाई घातक हुने बताएका छन्।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने,‘ सरकारको विकल्प खोज्नु पर्ने कारण र औचित्य पुष्टि नगरी प्रधानमन्त्री पदको लोभमा चालिएको कदम आत्मघाति हो, यसको मुल्य माओवादी केन्द्र र प्रचण्डले चुकाउनु पर्छ। ’

साक्षात्कारमा मन्त्री राईले स्पष्ट मार्गचित्र सहित सरकार अघि बढीरहेको, राष्ट्रको शिर ठाडो बनाएको, स्वाधिनताको झण्डा उचो बनाएको र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाईरहेको बेला माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको औचित्य पुष्टि गर्नै नसक्ने ठोकुवा गर्दै संविधान कार्यान्वयन हुन नदिने देशीविदेशी चाहनालाई बल पुर्याउने चालिएको कदम मुलुकको लागि समेत घातक हुने दावी गरे।

उनले सरकार ढलेपनि बर्तमान नेतृत्व र नेकपा एमालेले संविधान कार्यान्वयन नगर्ने, मुलुकलाई असफल बनाउन अस्थिरता उत्पन्न गर्नेहरुको योजना सफल हुन नदिने स्पष्ट पार्दै सहमतिकै सरकार गठन गरेर अघि बढ्ने हो भने संविधान जारी गर्दा भएको १६ बुँदेको जगमा उभिएर छलफल गर्न भने सकिने बताए।

प्रकाशित: २८ असार २०७३ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App