१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप छनौटमा खराब प्रदर्शन गर्ने खेलाडीलाई पत्नीको रातो कार्ड

बेइजिङ– एक चिनियाँ खेलाडीकी पत्नीले अवे खेल खेलेका कारण आफ्ना पतिलाई रातो कार्ड देखाएकी छिन्। विश्वकप छनोटअन्तर्गत महत्वपूर्ण खेलमा लज्जाजनक गल्ती गरेको भोलिपल्ट बुधबार ती खेलाडीले आफ्नै पत्नीबाट रातो कार्ड सामना गरेका थिए।

‘हाम्रो विवाह भएको चार वर्षमध्ये झन्डै साढे तीन वर्ष उनी अर्कै महिलासँग सुते र अहिले उनी मलाई चाँडै चिहान पुर्‍याउन खोज्दै छन्,’ जियाङकी पत्नी झाङ जियुले लेखेकी छिन् ।

ग्वान्झाउ आरएन्डएफका लेफ्ट ब्याक जियाङ झिपेङको प्रदर्शन मंगलबार विश्वकप छनोटअन्तर्गत इरानविरुद्धको खेलमा दुर्भाग्यजनक थियो । तेहरानमा सम्पन्न खेलमा उनले हेड गरेको बल विपक्षी खेलाडीलाई पासजस्तै हुँदा इरानले गोल गर्दै तीन अंक जोडेको थियो ।

विश्वकप छनोटअन्तर्गत भोगेको यो १–० को हारलाई चिनियाँ सञ्चारमाध्यमहरूले दुस्वप्नको संज्ञा दिएका थिए। समर्थकहरू पनि उनीसँग यो मुभका लागि रिसाएका थिए । क्रुद्ध समर्थकहरूले जियाङको गल्तीमा उनकी पत्नीलाई समेत दुव्र्यवहार गर्ने प्रयास गरेका थिए। ठीक यही बेला जियाङकी पत्नीले हालै पारपाचुकेका लागि दिएको निवेदन सार्वजनिक गरिन् ।

‘हाम्रो विवाह भएको चार वर्षमध्ये झन्डै साढे तीन वर्ष उनी अर्कै महिलासँग सुते र अहिले उनी मलाई चाँडै चिहान पुर्‍याउन खोज्दै छन्,’ जियाङकी पत्नी झाङ जियुले लेखेकी छिन् ।

उनले जियाङ आरोपित प्रेमिकासँगै रहेको फोटो पनि पोस्ट गर्दै चिनियाँ फुटबल संघ र ग्वाङडोङ राज्यको खेलकुद विभागसँग उनलाई व्यावसायिक फुटबलमा प्रतिबन्ध लगाउन अनुरोध गरेकी छिन् ।

एक कमेन्टेटरले ‘उनको चरित्र डरलाग्दो भएकोमा धेरै समर्थकहरू सहमत छन् । उनलाई राष्ट्रिय फुटबल संरचनाबाट बाहिर फ्याँक्नुपर्छ’ भन्दै लेखेका छन् ।

चिनियाँ फुटबल प्रशासनले अहिलेसम्म यो विवादको विषयमा केही बोलेको छैन । २८ वर्षीय रक्षकले २०१३ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । २०१४ यता चिनियाँ सुपर लिगको क्लब ग्वान्झाउमा उनी लोकप्रिय खेलाडीका रूपमा स्थापित हुने क्रममा थिए ।

प्रकाशित: १७ चैत्र २०७३ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App