१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मेसीविरुद्ध फिफाले कारवाही प्रक्रिया थाल्यो, प्रतिबन्ध लगाउन सक्ने

ज्युरिक— अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीमाथि फिफाले कारवाही प्रक्रिया अघि बढाएको छ। विश्वकप छनौट अन्तर्गत चिलीविरुद्धको खेलमा म्याच अफिसिललाई अपशब्द प्रयोग गरी गाली गरेको अभियोगमा उनीविरुद्ध कारवाही प्रक्रिया अघि बढेको हो।

मंगलबार बोलिभियामा हुने छनौट चरणको खेल अगाडि नै फिफाले यो विषयमा निर्णय लिने जनाएको छ। उनको गल्ती प्रमाणित भए सो खेलका लागि मेसी प्रतिबन्धमा पर्न सक्ने सम्भावना छ।

टेलिभिजन रेकर्डमा उनले अपशब्द प्रयोग गरेको देखिएपछि फिफाले कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ। मंगलबार बोलिभियामा हुने छनौट चरणको खेल अगाडि नै फिफाले यो विषयमा निर्णय लिने जनाएको छ। उनको गल्ती प्रमाणित भए सो खेलका लागि मेसी प्रतिबन्धमा पर्न सक्ने सम्भावना छ।

चीलीलाई १–० ले पराजित गरेको सो खेलमा मेसी रिसाएको घटनाबारे ब्राजिलियन रेफ्रीले सुरुमा केही उल्लेख गरेका थिएनन्। मेसीको फउलमा सहायक रेफ्रीले झन्डा देखाएपछि उनी रिसाएका थिए। उनले सहायक रेफ्रीलाई अपशब्द प्रयोग गरी गाली गरेको भिडियो रेकर्डमा देखिएको छ।

खेलको समाप्तिपछि मेसीले ती सहायक रेफ्रीसँग हात मिलाउन अस्वीकार गरेका थिए। मेसीले हात नमिलाएपछि ती सहायक रेफ्री छक्क परेका थिए। विश्वकप छनौट चरणका पाँच खेल खेल्न बाँकी रहँदा अर्जेन्टिना तेस्रो स्थानमा छ। दक्षिण अमेरिकाबाट चार टोली विश्वकमा सोझै छनौट हुन्छन्।

प्रकाशित: १५ चैत्र २०७३ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App