१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

टुँडिखेलमा घोडेजात्राको रौनक (फोटो/भिडियो)

काठमाडौं- घोडे जात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रम भएका छन्। उक्त अवसरमा अश्व कलाका  रोचक कार्यक्रमहरु राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, नेपाली सेना र नेपाल प्रहरीको चार्जर घोडा दौड, साईकल रेश, डग शो, घोडाको विकासक्रम, शो जम्प, क्याभलरी राईड, टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स एण्ड रिङ्ग, स्वर्ड एण्ड लेमन, लान्स हिट प्याग, लान्स सुईरो र क्रिज, हर्ष बल, भल्टिङ्ग, सिक्स वार/रेन फ्रि जम्प, म्युजिकल राइड, ट्रिक राइड, क्रसकन्ट्री र डग अब्स्टेकल प्रदर्शन भएको थियो।

भिडियो

म्यूजिकल राइडमा प्रथम हुनु हुने घोडसवार उप सेनानी सरोज पुडासैनी र द्वितिय हुनु हुने घोडसवार उप सेनानी पशुराम पाण्डे तथा शो–जम्पमा प्रथम हुनु हुने घोडसवार हुद्वा लाल बहादुर कुँवर र द्वितिय हुनु हुने घोडसवार करण कुमार चौधरीलाई राष्ट्रपति विद्या भण्डारीले शिल्ड प्रदान गरिन्। समारोहमा प्रथम पटक शो—जम्पमा महिला सैनिक सि.हरी कुमारी गुरुङले समेत सहभागि भएको नेपाली सेनाले जनाएको छ।

तस्बिर/भिडियो: प्रबिन कोइराला

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App