१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जर्मनी बराबरीमा रोकियो, इङल्याण्ड र नर्थन आयरल्याण्ड विजयी

काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराति सम्पन्न खेलहरुमा इङल्याण्ड र नर्थन आयरल्याण्डले जित हात पार्दा विश्व विजेता जर्मनी भने पोल्याण्डसँग बराबरीमा रोकिएको छ।

पहिलो खेलमा इङल्याण्डले वेल्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ। खेलको ४२औं मिनेटमा वेल्सका ग्यारेथ बेलले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए।

खेलको ५६औं मिनेटमा जेम्स भार्डेले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए। निर्धारित ९० मिनेटको खेल एक एक बराबरीमा सकिएको खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा डेनिएल स्टुरेजले गोल गर्दै इङल्याण्डको जित सुनिश्चित गरेका थिए।

त्यस्तै हिजो समपन्न समूह खेलमा नर्थन आयरल्याण्डले युक्रनलाई २-० गोल अन्तरले पराजित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको थियो। खेलको ४९औं मिनेटमा ओलिभ नरउडको फ्रिकिममा ग्यारेथ म्युकोलीले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए।

खेलको अन्तिम समयमा गोल गर्दै नाएल मिगेलले आयरल्यान्डको जित सुनिश्चित गर्दै नकआउट चरणमा पुग्ने आशा जिवित राखेका थिए।

यता विश्व विजेता जर्मनी भने पोल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको छ। खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेको जर्मनीले गोल भने गर्न सकेन। बराबरीपछि पोल्याण्ड र जर्मनीको समान ४-४ अंक भएको छ भने नर्दन आयरल्याण्डको ३ अंक छ। तीन वटै टोलीलाई नकआउट चरणमा पुग्ने सम्भावना छ। हारसँगै युक्रेन भने समूह चरणबाटै बाहिरिएको छ।

प्रकाशित: ३ असार २०७३ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App