१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार परिवर्तनबारे ओलीसँग निर्णायक वार्ता गर्न दाहाल बालुवाटारमा

सोमबार बिहान बसेको माअाेवादी हेडक्वाटर बैठक।

काठमाडौं—सत्ता परिवर्तनको चर्चा चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन्।

सोमबार बसेको माओवादी हेडक्वार्टर बैठकले सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई दिएको थियो। माअाेवादी बैठकले ओली सरकारबाट बाहिरिएर भए पनि सहमतीय सरकार गठन गर्ने र त्यसको जिम्मा अध्यक्ष दाहाललाई दिने निर्णय गरेको थियो।

‘सहमतीय सरकार गठनबारे सबै निर्णय गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ’, पार्टी प्रवक्ता पम्फा भुसालले नागरिकन्युजसँग भनिन्। पार्टीको सो निर्णयपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग भेट गर्ने समय मागेका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री— दाहाल बैठकका लागि साँझ ५ बजेको समय तोकिएको छ। ‘अध्यक्ष दाहालले समय माग्नुभएको थियो पाँच बजे उहाँ आउँदै हुनुहुन्छ’, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार दाहालले भने।

देउवा-दाहाल गोप्य भेट

अाेलीसँग भेट गर्न जानु अघि अध्यक्ष दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेट गरेका छन्। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवासँग दाहालले छलफल गरेका हुन्। सरकार परिवर्तनबारे कांग्रेससँग कुराकानी अघि बढाएसँगै दाहाल सरकारबाट बाहिरिने चर्चा चलेको छ।

प्रकाशित: २७ असार २०७३ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App