१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ब्राजिली प्रशिक्षकमा टिटे

साओ पाउलो- कोरिन्थिएन्सका प्रशिक्षक टिटेलाई बुधबार ब्राजिली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्लबले जनाएको छ। 

कोपा अमेरिकामा कमजोर प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि ब्राजिलले डुंगालाई बर्खास्त गरेर टिटेलाई प्रशिक्षणको जिम्मेवारी दिएको हो।

तर, खराब लयमा रहेको ब्राजिललाई अगस्टमा हुने रियो ओलम्पिकमा हाल यु–२० टोलीका प्रशिक्षक मिकेलले प्रशिक्षण गर्ने ब्राजिल फुटबल संघले जनाएको छ।

खराब लयबाट गुजि्रएको ब्राजिलले ओलम्पिकमा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन। त्यसैले घरमै हुने ओलम्पिकमा पनि बा्रजिललाई राम्रो गनुपर्ने दबाब छ भने २०१८ को विश्वकप अभियान पनि जोगाउनुपर्नेछ।

घरेलु मैदानमा सम्पन्न २०१४ को विश्वकप सेमिफाइनलमा जर्मनीसँग ७–१ ले हारेपछि ब्राजिलले डुंगालाई नियुक्त गरेको थियो। तर, उनी टोलीलाई नतिजा दिलाउन असफल रहे।

ब्राजिली फुटबल संघले डुंगा लगायत उनको सम्पूर्ण टोलीलाई मंगलबार बर्खास्त गरेपछि वास्तविक नाम एडेनोर लियोनार्डो बाची रहेका टिटेले प्रशिक्षण जिम्मेवारी पाएका हुन्।

कोरिन्थिएन्सका प्रमुख रोबर्टो दी आन्द्रादीले पनि टिटेले क्लब छाडेको पुष्टि गरेका छन्। 'टिटे अब क्लबको जिम्मेवारीबाट मुक्त भएका छन्। उनले ब्राजिल फुटबल संघले राखेको प्रस्ताव स्वीकार गरेका छन्,' टी आन्द्रादीले भने।

ब्राजिल फुटबल संघले अहिले यस समाचारको आधिकारिक पुष्टि गरेको छैन। तर, ब्राजिलियन अधिकारीहरूले मंगलबार टिटेसँग भेटेका थिए।

५५ वर्षे टिटेले ग्रेमियो, एट्लेटिको मिनेरो र पाल्मेरस लगायत ब्राजिलको शीर्ष क्बलमा प्रशिक्षण दिइसकेका छन्। त्यस्तै उनले युनाइटेड अरब इमिरेट्सका अल एन र अल वाहदाको पनि प्रशिक्षण सम्हालेका थिए।

उनले कोरिन्थिएन्सबाट तीन उपाधि जितिसकेका छन्। साओ पाउलो क्लबबाट २०११ र २०१५ मा ब्राजिलियन लिग जिताएका थिए।

प्रकाशित: ३ असार २०७३ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App