१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्टिनो ग्रिजम्यानले जिते गोल्डेन बुट

पेरिस–फ्रान्सका स्ट्राइकर एन्टिनो ग्रिजम्यानले युरोकप २०१६ को गोल्डेन बुट जितेका छन्। गए राति स्टाडे फ्रान्समा सम्पन्न पोर्चुगल विरुद्धको फाइनलमा उल्लेख्य प्रदर्शन गर्न नसकेपनि उनले उत्कृष्ट स्ट्राइकर हुदै गोल्डेन बुल जितेका हुन्।

ग्रिजम्यानले प्रतियोगितमा ६ गोल गर्दै उच्च गोलकर्ताको सूचिमा अग्रस्थानमा थिए। कुनै पनि युरोकपको संस्करणमा पहिलो सहभागीतामा ६ गोल गर्ने उनी पहिलो खेलाडी हुन् ।उनले यस दौडमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र आफ्नै देशका ओलिभर ग्रिरोर्डलाई धेरैपछि पारे । ग्रिरोर्ड र रोनाल्डोले यस युरोकपमा समान ३/३ गोल गरेका थिए।

ग्रिजम्यानले आफ्नो पर्दशनमा सन्तुष्ट रहेको तर आफ्नो राष्ट्रलाई घरेलु मैदानमा उपाधि दिलाउन असफल रहेकोमा दुखी भएको बताए। उनले भने, ‘हामीले आज उत्कृष्ट खेल्यौं तर भाग्यले पोर्चुगलालई साथ दियो।’
प्रतियोगीतामा उनले तीन गोल गर्नुका साथै तीन गोलकालागि असिस्ट गरेका ग्रिरोर्डलले सिल्भर बुट हात पारे।

 

प्रकाशित: २७ असार २०७३ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App