२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय दल हुन एक सिट जित्नै पर्ने, तीन प्रतिशत थ्रेसहोल्ड सिफारिश

राज्यव्यवस्था समिति बैठक। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं- राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले निर्वाचन समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' राख्न सिफारिस गरेको छ। बुधबार बसेको बैठकले समानुपातिकमा प्रतिनिधित्व गर्न कूल खसेको मतको तीन प्रतिशत ल्याउनुपर्ने र एक जना प्रत्यक्ष निर्वाचित हुनु पर्ने गरी सिफारिस गरेको छ।

'कुल मतको तीन प्रतिशत र एक जना प्रत्यक्ष निर्वाचित हुनु पर्ने गरी उपसमितिले सिफारिस गरेको छ',

'कुल मतको तीन प्रतिशत र एक जना प्रत्यक्ष निर्वाचित हुनु पर्ने गरी उपसमितिले सिफारिस गरेको छ', सांसाद तथा समितिका सदस्य रामकृष्ण यादवले भने, 'आज ११ बजेको राज्य व्यवस्था समितिको बैठकले यसलाई पारित गरेर संसदमा पठाउने छ।'

थ्रेस होल्डमा साना दलहरुले असहमति जनाउँदै आएका छन्। साना दलको विरोधकाबीच उपसमितिले तीन प्रतिशत थ्रेस होल्डको सिफारिस गरेको हो। एक सिट पनि प्रत्यक्षमा नजित्दा पनि थ्रेसहोल्डको सजिलो प्रावधानका कारण अहिले संसदमा एक दुई सिटे साना दलहरु धेरै छन्।

साना दलको विरोध

राज्य व्यवस्था समितिको निर्णयविरुद्ध साना दलहरु अाक्रोसित भएका छन्। उनीहरुले यो निर्णयविरुद्ध सदनमा कुरा उठाउने जनाएका छन्। 'अाजको संसद बैठकमा हामी यो व्यवस्थाविरुद्ध कुरा उठाउछौं', नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने। 

प्रकाशित: ९ चैत्र २०७३ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App