१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनाव अवधि भर नेताहरूले सरकारी गाडीमा चढन नपाउने

महोत्तरी – वैशाख ३१ गते तोकिएको स्थानीय निर्वाचनको वातावरण निर्माण गर्न महोत्तरीका सरकारी कार्यालय प्रमुखहरूलाई गम्भीर बन्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले निर्देशन दिएको छ । 
निर्वाचनको वातावरण बनाउन निर्वाचन आचारसंहिताले तोकिए वमोजिम सरकारी कार्यालय प्रमुखहरूलाई आफ्नो गतिविधिहरू संचालन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले बताएको छ । 
जिल्ला प्रशासन कार्यालय महोत्तरीको प्रमुख जिल्ला अधिकारी यादवको अध्यक्षतामा आईतबार जलेश्वर नगर क्षेत्र भित्र रहेको सम्पूर्ण सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा भएको वैठकबाट स्थानिय प्रशासन र सरकारी कार्यालय प्रमुखहरूलाई राजनीतिक कार्यक्रममा सहभागि नहुन आग्रह गरिएको हो । 
तोकिएको मितिमै निर्वाचन सफल गर्न गराउन निर्वाचन अवधि सम्म कर्मचारीहरूलाई विदामा वस्न नपाउने, नेताहरूलाई सरकारी सेतो प्लेटको सवारी साधनमा चढाएर यात्रा गर्न नमिल्ने लगायतको निर्णय गरिएको प्रजिअ यादवले बताएको छ ।  
‘निर्वाचनको वातावरण वनाउन सशक्त रुपमा कर्मचारीहरुलाई लाग्न पर्ने भएकाले सोही अनुरुप निर्देशन दिइएको छ ।’ प्रजिअ यादवले भने ‘ निर्वाचन आंचारसहिताले नै तोके अनुसार राजनीतिक दल तथा उनीहरुको नेता कार्यकर्ताहरूसँग समदुरी बनाएर बस्न सरकारी कार्यालयका कर्मचारीहरुलाई आग्रह गरेका छौं । ’  
यस अघिका दिनमा राजनीतिक दलका नेता कार्यकर्ताहरूले आयोजना गरेको भोज भतेरमा तथा अन्य कार्यक्रममा कर्मचारी र स्थानिय प्रशासनका कर्मचारी सहभागिता जनाउँदै आएकाले अव उपरान्त उनीहरूले आयोजना गरेको कुनै पनि भोजभतेर लगायत अन्य कार्यक्रममा सहभागि नहुन निर्णय भएको प्रजिअ यादवले बताए ।  
साथै निर्णयको अवज्ञा गरेर स्थानिय प्रशासन र सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरूलाई राजनीतिक दलका नेता कार्यकर्ताहरूसँग साठगाठ र उनीहरुले आयोजना गरेको कार्यक्रममा सहभागि भएको भेटिएको खण्डमा त्यस्तो कर्मचारीलाई कारवाहीको दायरमा ल्याइने प्रजिअ यादवले बताएको छ । 
वैठकमा जलेश्वर नगर क्षेत्र भित्र रहेको ४० भन्दा बढी सरकारी कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीप्रतिनिधिको सहभागिता रहेको थियो । 
 

प्रकाशित: ७ चैत्र २०७३ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App