१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिल्ला प्रहरी कार्यालय महोत्तरी दुई महिनादेखि प्रमुख विहीन

महोत्तरी –जिल्लाको शान्ति सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने जिल्ला प्रहरी कार्यालय महोत्तरी वितग दुई महिनादेखि प्रमुख विहीनिहुँदा संगठन भित्रको महत्वपूर्ण कामकाजहरु प्रभावित हुँदै आएको छ । 
दुई महिना अघि माघ ९ गतेका दिन गृह प्रशासनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दरवन्दी रहेको एसपी नल प्रसाद उपाध्यक्षलाई काठमाण्डौ हेडक्वाटरले तानेर जगेडामा राखेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रमुख विहीन बन्न पुगेको छ । 
नेपाली काँग्रेसका सभासद संगिता मण्डल सँगको आपसी विवादको कारण एसपी उपाध्यायलाई गृहमन्त्री विमलेन्द्र निधीकै निर्देशनमा विभागले काठमाण्डौ तानेर जगेजामा राखेको थियो । 
उनी गएपछि दुई महिना बितिसक्दा समेत प्रहरी विभागले नयाँ अथवा दरवन्दी भएकै  एसपीलाई नपाठएपछि नेपाल प्रहरी संगठन भित्रको केही काम प्रभावित हुँदै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका ईन्सपेक्टर चन्देश्वर यादवले बताएको छ ।
सर्वसाधारण जनताको कुनै पनि काम नरोखिएपनि एउटा जिल्लाको सुरक्षा निकायको प्रमुखनै नहुँदा संगठन भित्रको केही काम भने प्रभावित हुँदै आएको ईन्सपेक्टर यादवको भनाई रहेको छ । 
जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख डिएसपी दिपक पोख्रेलले अहिले जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न कार्यभार सम्हाल्दै आएका हुन । 
‘एसपी नहुँदा अपराध नियन्त्रण लगायतका शान्ति सुरक्षा वहालीको काम रोकिएको छैन ।’ ईन्सपेक्टर यादवले भने ‘ एसपी दरवन्दी रहेको जिल्लामा प्रमुख नै नहुँदा संगठन भित्र भने मनोवैज्ञानिक असर भने देखिएको छ । ’ 
वैशाख ३१ गते स्थानीय निकायको चुनाव मिति समेत तोकी सकेको अवस्थामा दुई महिनादेखि सुरक्षा व्यवस्थाको प्रमुख जिम्मेवार नेपाल प्रहरी जस्तो संगठनको प्रमुख नै नहुँदा चुनावको तयारी समेत प्रभावित हुने देखिएको छ ।
स्थानिय चुनावको सुरक्षाको ठोस रणनीति तयार पार्न एसपीको प्रमुख भूमिका रहने भएपनि महोत्तरीमा प्रमुख नहुँदा रणनीतिक योजना बनाउने पनि अप्ठयारो गरेको सुरक्षा सम्बन्ध जानकारहरूको भनाई छ ।  
यसका साथै जिल्ला प्रहरी कार्यालय महोत्तरीले अपराध अनुसन्धान लगायतको कामको लागि प्रमुख नीति अनुसार चल्नु पर्ने भएपनि प्रमुख नहुँदा अपराध अनुसन्धान लगायत, सीमा तस्करी , लागु औषध नियन्त्रणको काम भने सुस्त हुँदै गएको स्थानियहरूको भनाई रहेको छ । 
प्रहरी प्रमुख हुँदा अभियानकै रुपमा यस्ता कामहरू अगाडि बढाईन्छ तर अहिले प्रमुख नहुँदा ती कामकाज भने व्यवस्थित रुपमा संचालन हुन नसकेर सुस्त हुन पगेको स्थानीयको भनाई छ । 
तीन महिना अघि मात्र जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रमुख भएर जिम्मेवारी सम्हालेर हेडक्वाटर तानिएका एसपी नल प्रसाद उपाध्यायले छोटो समयमै केही पुराना र गम्भीर प्रकृतिको अपराधमा संलग्न अपराधिहरुलाई पक्राउ गरेर जिल्लाको शान्ति सुव्यवस्था कायम गर्ने प्रयासहरू गरेका थिए । 
पुराना अपहरण , हत्या , चन्दा आतंक लगायतको मुद्धाको फाईलको गहन अध्ययन गरेर अपराध नियन्त्रणको लागि एउटा ठोस नीति लिएर उनले जिल्लामा अपराध न्युनिकरणका लागि प्रयास गर्दा लामो समय सम्म हत्या , चन्दा आतंक र अपहरणको घटनामा संलग्न दुई जना अपराधिलाई पक्राउ गरेर अदालत समक्ष पेश गरेका थिए । तर उनी गएपछि अहिले हालको लागि त्यस्तो कामहरू रोकिन पुगेको छ  । 
एसपी नहुँदा जिल्लाको सम्पूर्ण सुरक्षा व्यवस्थाको कमाण्ड निमित्त प्रमुख डिएपी प्रोख्रेलले नै सम्हाल्नु परेको छ । 
यसैबीच वैशाख ३१ गते हुने स्थानीय चुनाव र जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई ध्यानमा राखि प्रहरी विभागले चाँडै नै महोत्तरीमा एसपी पठाउने तयारी गरेको ईन्सपेक्टर यादवले बताएको छ । 
दुई चार दिन भित्रै जिल्लामा नयाँ एसपी आउने उनले बताएको छ । 

प्रकाशित: ७ चैत्र २०७३ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App