१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफ्गानिस्तानमा सात प्रहरी मारिए

कुन्दुस– अफ्गानिस्तानको कुन्दुस प्रान्तमा रहेको एउटा सुरक्षा चौकीमा आइतबार तालिवानी लडाकुले गरेको आक्रमणमा सात प्रहरी मारिएका छन्। सेना र प्रहरीसहितको उपस्थीतिमा सरकारले सन् २०१० देखि गाउँ गाउँमा स्थापना गरेका अफ्गानिस्तान स्थानीय प्रहरी (एएलपी)को कार्यालयमध्ये एक कार्यालयमा आक्रमण भएको बताइएको छ ।

घटनाका बारेमा थप अनुसन्धान गर्न प्रान्तीय प्रहरी कार्यालयले अनुसन्धान टोली खटाइसकेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन्। गत फेब्रुअरी २७ मा पनि दक्षिणी हेल्मन्ड प्रान्तमा भएको यस्तै आक्रमणमा १२ जना प्रहरी मारिएका थिए ।

सन् २००१ मा राज्य सत्ताबाट बाहिरिएपछि तालिवानी लडाकुहरुले सरकारी सेनासहित आम नागरिककाविरुद्धमा आत्मघाती आक्रमण तथा एम्बुस र बम प्रयोग गरिरहेका छन् ।

सन् २०१५ मा अफ्गानिस्तानको सरकारी सेनालाई अमेरिकी र नेटो सेनाले सहयोग गर्न थालेपछि तालिवानी झन् आक्रमक भएका थिए ।

प्रकाशित: २३ फाल्गुन २०७३ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App