१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘अटो लोन’मा राष्ट्र बैंकको कडाइः गाडीमा ५० प्रतिशत मात्रै ऋण लगानी गर्न पाइने

काठमाडाैं– नेपाल राष्ट्र बैंकले सवारी साधनमा ऋण प्रवाह गर्दा सवारीको मूल्यांकनको अधिककतम ५० प्रतिशत मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न आयोजित कार्यक्रममा केन्द्रीय बैंक उक्त नयाँ नियम ल्याएको जानकारी गराएको हो । निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा मात्रै उक्त व्यवस्था लागू हुने बैंकले जनाएको छ । सार्वजनिक, भौतिक निर्माण कार्यमा प्रयोग हुने गाडीलाई त्यस्तो व्यवस्था लागू नहुने जनाइएको छ।

बैंक तथा वित्तीय संस्थाले अटो कर्जामा मनोमानी ऋण लगानी गर्न थालेपछि राष्ट्र बैंकले लगाम लगाएको गभर्नर चिरञ्जीवी नेपालले बताए ।

‘बैंक तथा वित्तीय संस्थाहरु ट्रयाकबाट बाहिर जान खोजे,’ उनले भने, ‘बाध्य भएर केन्द्रीय बैंकले लगाम लगाएको हो।’
उनले बैंक तथा वित्तीय संस्थालाई होसियारी पूर्वक लगानी गर्न पनि सुझाए।

यसअघि चालू आर्थिक वर्षको असार ३० गते सार्वजनिक गरिएको मौद्रिक नीतिमा केन्द्रीय बैंकले जग्गा तथा शेयर धितो लगानीमा कडाइ गरेको थियो।

गभर्नर नेपालका अनुसार केन्द्रीय बैंकले ६ ओटा वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात(सिसिडी) रेसियो नाघेकोले कारवाही गर्ने तयारी गरेको छ।

 

प्रकाशित: १० फाल्गुन २०७३ ०९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App